ईन्द्रसरोवर गाउँपालिका

तत्कालिन एमाले मकवानपुर बैठकको गोप्य सहमति, अध्यक्षका लागि ४ जनाको नाम सिफारिस

हेटौँडा, २४ साउन । तत्कालिन नेकपा एमाले जिल्ला सचिवालय मकवानपुरको आज बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षको लागि ४ जनाको नाम सिफारिस गर्ने सहमति गरेको छ । तु खबरलाई ढिलागरी प्राप्त भएको जानकारी अनुसार पार्टी नेतृत्वका लागि मकवानपुरबाट श्रीधर पोखरेल, बद्री लम्साल, तत्कालिन एमाले जिल्ला अध्यक्ष एवं हाल सांसद रहेकी मुनु सिग्देल र […]

नेकपा मकवानपुरको अध्यक्षमा पोखरेल कि लम्साल ?

मकवानपुर २४ साउन । तत्कालिन नेकपा एमाले मकवानपुरको कार्यदल बैठक अहिले जारी छ । बैठकबाट नेकपा मकवानपुरको अध्यक्षको नाम टुङगीने एमाले स्रोतको जानकारी छ । बैठकमा एमालेका नेताहरु श्रीधर पोखरेल र बद्री लम्सालको विषयमा छलफल भईरहेको छ । चर्चामा थुप्रैको नाम रहेतापनि बैठकमा भने पोखरेल र लम्सालको विषयमा छलफल भईरहेको एमालेका एक नेताले तु खबरलाई […]

नेकपाको मकवानपुरको नेतृत्वको विषयमा एमाले मकवानपुरको बैठक आज बस्दै

मकवानपुर २४ साउन । तत्कालीन नेकपा एमाले र माओवादी केन्दबिच एकताभएपछि बनेको नेकपा मकवानपुरको नेतृत्व कसले गर्ने भन्ने चासो मकवानपुरमा छ । सोहि विषयमा आज तत्कालीन नेकपा एमालेको सचिवालय बैठक समेत बसेर नेतृत्व चयनका विषयमा छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ । एमालेबाट कस्ले नेतृत्व गर्ने र अन्य पदमा कस्लाई पठाउने भन्नेबारे बैठकमा छलफल […]

प्रदेश नम्बर ३ मा प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय आदिवासी जनजाति विकास परिषद गठन गर्न माग

हेटौँडा, २३ साउन । प्रदेश नम्बर ३ मा प्रदेश सरकारको मातहतमा प्रदेश स्तरीय आदिवासी जनजाति विकास परिषद गठन गर्न माग गरिएको छ । प्रदेश नम्बर ३ का १३ वटै जिल्लाहरुका आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिको ऐक्यवद्धत्ता र मकवानपुरका सम्पूर्ण जातीय संस्थाहरुको समर्थनमा नेपाल आदिवासी जनजाति महासंघ ३ नम्बर (नेवाःताम्सालिङ) प्रदेश तदर्थ समन्वय परिषदले बुधबार […]

नेतृत्व गर्न पाए संगठन र मन दुबै मिलाउने क्षमता राख्छु : श्रीधर पोखरेल (नेता नेकपा)

मकवानपुर २३ साउन । श्रीधर पोखरेल, मकवानपुरको राजनीतिमा राम्रो छवी भएका नेता हुन् । २०३५ सालको हाराहरीबाट एमालेको राजनीतिमा लागेका उनी आजसम्म पनि एमालेको संगठन विस्तार र कार्यकर्ता परिचालनमा क्रियाशील छन् । तत्कालिन एमालेको मकवानपुर पार्टी सचिव समेत भइसकेका पोखरेलले अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका हुन् । तत्कालिन माओवादी केन्द्र र एमालेको एकतापछिको नेकपाको नेतृत्वको सवाललाई […]

ईन्द्रसरोवरको दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माणमा यसरी जुटे स्थानीय (फोटो फिचर)

मकवानपुर २१ साउन । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउंपालिका अन्तर्गत पर्ने एक दुर्गम गाउं भालुखर्क ,गोगने हांसुली, चुवाबन लगायतका ग्रामीण बस्तीलाई केन्द्रविन्दु बनाइ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउंले आफैं रकम संकलन गर्न थालेका छन । मिति २०७५ श्रावण २० गते भएको औपचारिक उद्घाटन कार्यक्रमको दिन रु ७३ हजार संकलन भएको छ । ६ महिना भित्र […]

ईन्द्रसरोवरको दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीय जुटे

मकवानपुर २१ साउन । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउंपालिका अन्तर्गत पर्ने एक दुर्गम गाउं भालुखर्क ,गोगने हांसुली, चुवाबन लगायतका ग्रामीण बस्तीलाई केन्द्रविन्दु बनाइ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउंले आफैं रकम संकलन गर्न थालेका छन । सामान्य स्वास्थ्य सेवा लिनको लागि घण्टौं हिंड्नुपर्ने वाध्यता रहेको र यो समस्याले विशेष गरि गर्भवती आमा,सुत्केरी महिला,वालवालिका तथा वृद्ध्वृ द्धाहरु […]

मकवानपुरमा ६ करोड बजेट काम नगरीकनै फ्रिज, बजेट फ्रिज गर्नेमा हेटौँडा उपमहानगर पहिलो नम्बरमा, भिमफेदीको काम धेरै

हेटौँडा, २१ साउन । मकवानपुरमा करिब सवा ६ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा मकवानपुरका स्थानीय तहमा आएको वित्तीय हस्तान्तरण बजेटबाट झण्डै सवा ६ करोड रुपियाँ फ्रिज भएको हो । आजको साझाकुरा दैनिकमा यो खबर प्रकाशित छ । मकवानपुरका १० वटा स्थानीय तहले गत आवमा ६ करोड १९ लाख ४८ […]

कमान सिं पाख्रिन ‘पृथक’ नेकपा मकवानपुरको सचिव बन्लान् ?

हेटौँडा, २० साउन । नेकपा मकवानपुरको सचिवका रुपमा तत्कालिन नेकपा माओवादी केन्द्रका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ को नाम चर्चामा आएको छ । तत्कालिन एमाले र माओवादीबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र दोस्रो बरियताका नेताका रुपमा बलराम बल हुने निश्चित भएको खबर फैलिरहेको अवस्थामा […]

नेकपा मकवानपुरमा श्रीधर पोखरेल अध्यक्ष र बलराम बल दोस्रो बरियताको नेता हुने

मकवानपुर २० साउन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच जेठ ३ गते भएको पार्टी एकतापछि बनेको नेकपाका लागि मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेल र बलराम बल दोस्रो बरियताको नेता हुने निश्चित भएको नेकपा स्रोतको दाबी छ । नेकपा एमालेकी तत्कालिन जिल्ला अध्यक्ष मुनु सिग्देल र माओवादी केन्द्रका तत्कालिन जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको चर्चा आन्तरीक छलफलमा […]

शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ

मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो । शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको भए बसाईसराई गरेको प्रमाण पत्रको प्रतिलिपि […]

मकवानपुरमा वर्षाका कारण ५ हजार परिवार खतराको सूचिमा

हेटौंडा, १३ साउन । साउन महिना लागेसँगै सुरु भएको भारी वर्षाका कारण मकवानपुरमा उच्च सुरक्षा सतर्कता (हाइ अलर्ट) जारी गरिएको छ । वर्षाका कारण हुनसक्ने बाढीपहिरो र तथा अन्य प्राकृतिक विपत्तिका घटना भएमा तत्काल उद्दार र राहतको लागि मकवानपुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरका अनुसार मकवानपुरमा ५ हजार परिवारका […]

मकवानपुरका सिडिओले बिदा हुँदै भने–‘मकवानपुरको बसाई यादगार रह्यो’

मकवानपुर, १३ साउन । मकवानपुरबाट सरुवा भएका तत्कालिन प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफ्नो मकवानपुर बसाई निकै यादगार रहने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले मकवानपुरको बसाई यादगार रहने र सबैको साथ पाएको बताएका हुन् । जिल्लामा रहँदा शान्ति सुरक्षाको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै […]

मकवानपुरका ग्रामिण भेगका विजुलीका पोल मक्किएपछि मानवबस्ती जाखिममा

मकवानपुर १३ साउन । मकवानपुरको थाहानगरका बिजुलीका पोलहरु जिर्ण रहेका छन् । कति काठका पोल पुरै मक्किएर तारको भरमा अडिएका छन् । भने कति त मक्किएर ढल्नै लागेका छन् । केही पोल सार्न र फेर्न पटक÷पटक प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन । हावा हुरीले विद्युतको पोल ढालेपछि मकवानपुरका विभिन्न क्षेत्र विद्युतविहिन बन्ने गरेका छन् […]

मनहरीको महेन्द्र किरण माविमा अब बाली विज्ञान पढाई हुने

मकवानपुर, ०९ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयमा बाली विज्ञान विषय पढाई हुने भएको छ । प्राविधिक शिक्षा संचालनका लागि सिटीईभिटीले अनुमती दिएसंगै बाली विज्ञान अध्यापनका लागि सम्पूर्ण तयारी पुरा भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । महेन्द्र किरण मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष […]

पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड

बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ । उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् । बुधबार हेटौंडामा […]

इन्द्रसरोवरमा खोलाले बगाएर १ जनाको मृत्यू

मकवानपुर, २९ असार । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर–१ खड्पुलखेल बस्ने ४८ वर्षीय राजाराम गिरीको बिहीबार सोही ठाउँको पालुङ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

पहिरोको कारण मकवानपुरको फाखेल सडक अबरुद्ध

मकवानपुर २९ असार । विहिबारदेखि परेको अविरल बर्षाका कारण मकवानपुरको फाखेल सडकखण्ड अबरुद्ध बनेको छ । हेटौंडाबाट काठमाण्डौ जोड्ने फाखेल सडक अबरुद्ध बनेपछि बिरगँज सर्लाही, हेटौंडा लगाएतका स्थानका यात्रुहरु अलपत्र परेका छन् । फाखेल प्रहरी चौकीका अनुसार फाखेलको महालक्ष्मी खोला र सुकौरा ड्याममा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो ठुलो भएको कारण छिट्टै […]

कुलेखानी सुमो दुर्घटना अपडेट–८ जनाको बयोधा अस्पतालमा उपचार हुँदै (घाईतेहरुको नामावली सहित)

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ किचिनीस्थित हेभी हुमाने हुँदै काठमाडौ जाने सडक खण्डमा सुमो दुर्घटना भएको थप विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सडक खण्डमा निजगढबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.१ ज्. ३४८२ नम्बरको टाटा सुमो आफै अनियन्त्रित भई सडकको दायाँ साईड बाट करिब २५ मिटर तल […]

कुलेखानीमा सुमो दुर्घटना, ८ जना घाईते

मकवानपुर, २८ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा सुमो दुर्घटना हुँदा ८ जना यात्रु घाइएते भएका छन् । बाराको निजगढबाट काठमाण्डौँको लागि जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो हेटौँडा—कुलेखानी सडक खण्ड अन्र्तगत कुलेखानीमा दुर्घटना भएको हो । सुमो सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारको […]