ईन्द्रसरोवर गाउँपालिका

प्रदेश–३ को योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा

मकवानपुर ३१ असार । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । डा. देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री डोरमणि पौडेल लगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन् ।

अपडेट : बाढीपहिरोका कारण मकवानपुरमा ६ जनाले ज्यान गुमाए

मकवानपुर ३० असार । बिहिबारदेखि आएको निरन्तर वर्षाको कारण बाढीपहिरोमा परि मकवानपुरमा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ४ महिला र २ पुरुष रहेका छन् । बाढीपहिरोका कारण मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुस्थित गएराति पानीसँगै आएको पहिरोले घर पुरिदाँ स्थानी कान्छिमाया बलामी र उनकी छोरी १८ वर्षीया बविता बलामीको मृत्यु भएको […]

अपडेट : किन खोलिएन कुलेखानी जलाशयको ढोका ?

मकवानपुर ३० असार । मकवानपुरको ईन्द्रसरोवर गाँउपालिकास्थित मानवनिर्मित कुलेखानी जलाशयको ढोका अझै खोलिएको छैन । जलाशयमा पानीको सतह निकै बढेकोले खतरा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबार जलाशयको ढोका खोल्न निर्देशन दिएको थियो । प्रशासनले आज विहान ८ बजे ढोका खोल्नेसमेत जनाएको थियो । तर जलाशयको ढोका अझै खोलिएको भने छैन । यसबारे […]

अपडेट : पहिरोले पुरिएर बेपत्ता भएका मकवानपुरका दुबै जनाको शव फेला

मकवानपुर ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गएराति आएको पहिरोमा पुरिएर स्थानीय अन्दाजी ४५–४५ वर्षीया कान्छिमाया बलामी र उनकी छोरी १८ वर्षीया बविता बलामी बेपत्ता भएका थिए । उनीहरुको आज (सोमबर) शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ । पुरिएकाहरुको उद्धारका […]

बाढीपहिरो अपडेट : मकवानपुरमा पहिरोले पुरिएर दुई जना बेपत्ता

मकवानपुर ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ तौमासमा पहिरोले घर पुरिदाँ दुई जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोमा पुरिएर स्थानीय अन्दाजी ४५–४५ वर्षीया कान्छिमाया बलामी र उनकी छोरी १८ वर्षीया बविता बलामी बेपत्ता भएका हुन् । राति घरमै सुतिरहेका बेला वर्षासँगै आएको पहिरोले पुरिएर उनीहरु बेपता भएका हुन् । पहिरोले पुरिएर अन्दाजी ३०–३२ […]

अपडेट : बाढीपहिरोमा परि प्रदेश–३ का २१ जनाको ज्यान गयो

काठमाडौं । अबिरल वर्षासँगै आएको बाढीपहिरोका कारण प्रदेश नम्बर ३ मा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । बाढीपहिरोमा परि ललितपुरका ५, काठमाडौंका ३, काभ्रेका ३ जना र रामेछाका १ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सिन्धुलीका ३, मकवानपुरका ३, धादिङका २ र चितवनका १ गरी २१ जनाले ज्यान गुमाएका हुन् । यस्तै बाढीपहिरोमा परि […]

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर १४ वर्षीया किशोरीको मृत्यु

मकवानपुर २८ असार । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा वडा नम्बर २ की १४ वर्षीया किशोरीको पहिरोले पुरिएर मृत्यु भएको छ । मृतकको शव ल्याउन प्रहरी टोली त्यसतर्फ गईसकेको र करिब डेढ घण्टा भित्रै उनको सनाखत हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाकी छ ।

हेटौंडाबाट त्रिभुवन राजपथ तथा कुलेखानीसम्म यातायात सञ्चालनमा

मकवानपुर, २८ असार । त्रिभुवन राजपथको महभिरमा गएराति आएको पहिरो हटाई आज बिहान साढे १० बजेदखि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विहिबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा रुख ढल्नाले हेटौंडाबाट काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । यसैगरी हेटौंडा–भीमफेदी सडकखण्डको पान्द्राङ र गोल्पिङ नजिकको सडकमा आएको […]

मकवानपुरमा बाढीले बगाउँदा अर्को एक जनाको मृत्यु

मकवानपुर २८ असार । मकवापुर जिल्लाको कैलाश गाउँपालिका वडा १० नामटारस्थित शुक्रबार दुर खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा बस्ने ५५ वर्षीय सानुकान्छा सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई शुक्रबार नै बाढीले बगाए पनि उनको शव स्थानीय प्रहरीले आज (शनिबार) विहान फेला परेको […]

बाढीपहिरोको कारण मकवानपुरका विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध

मकवानपुर २७ असार । विहिबारदेखि लगातार आइरहेको वर्षाका कारण आएकोे बाढीपहिरोले गर्दा मकवानपुरको भिमफेदी, फाखेल, सिस्नेरी र कान्तिलोकपथ लगायत विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएको छ । बाढीपहिरोको कारण हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपलिका वडा नम्बर १ स्थित बागझोरामा बाटो अवरुद्ध भएको छ । उक्त बाटो अवरुद्ध हुँदा हेटौँडाबाट भिमफेदी, भैसे, नामटार, दामन […]

प्रदेश–३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन

मकवानपुर, २२ असार । प्रदेश नम्बर ३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । आईतबार काठमाडौंमा एक कार्यक्रम गरी स्वास्थ्य निर्देशनालयले प्रदेश नम्बर ३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको जनाएको हो । उक्त वडाहरुमा सामान्य उपचारको समेत व्यवस्था नरहेको जानकारी दिँदै प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको […]

बेपत्ता भएको चार दिनपछि फेला पर्यो भेटवालको शव

मकवानपुर ३ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सौरभ भेटवालको शव फेला परेको छ । जेभियर इन्टरनेशनल कलेज बौद्धमा अध्ययनरत तेह्रथुमका २४ वर्षीय भेटवाल चार दिनपछि फेला परेका हुन् । गत जेठ ३० गते पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भेटवालको शव मार्खु नजिकै खोलामा डुबेको अवस्थामा […]

मकवानपुरको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता

मकवानपुर १ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको इन्द्रसरोवर तालमा आज (आईतबार) दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । जेभियर इन्टरनेशनल कलेज बौद्धमा अध्ययनरत अन्दाजी २४ वर्षीय सौरभ भेटवाल तालमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कर्याालय मकवानपुरका अनुसार, बेपत्ता भेटवालको स्थानीय बासी, सशस्त्र प्रहरी र जिल्ला प्रहरीहरुको सहयोगमा खोजी […]

मकवानपुरको सिस्नेरीमा बोलेरो गाडि दुर्घटना, साहको मृत्यु, २ जना घाईते

मकवानपुर १० जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरीमा सवारी दुर्घटना भएको छ । बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो डिआई सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको सञ्चार मकवानपुरले तु खबरलाई जानकारी दिएको छ । मृत्यु हुुनेमा […]

इन्द्रसरोवरको वत्सलादेवी मा.वि.मा सिभिल इन्जिनियरिङ कक्षा संचालन हुने

मकवानपुर ९ जेठ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा रहेको श्री वत्सलादेवी माद्यमिक विद्यालयमा प्राविधिक धार अनुरुप सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको छ । नेपाल सरकारबाट यसै शैक्षिकसत्रदेखि सञ्चालन गर्ने गरि अनुमती प्राप्त गर्न सफल भएका विद्यालय वत्सलादेवीमा यहि जेठ १५ गतेबाट प्राविधिक धार अनुरुप सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको […]

अब मकवानपुरमा पनि प्याराग्लाईडिङ्, फोटो फिचर

मकवानपुर २२ वैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा प्याराग्लाईडिङ्को परिक्षण भएको छ । प्रदेश नम्बर ३ को पर्यटन क्षेत्र घोषणा समेत गरिएको इन्द्रसरोवरमा प्याराग्लाईडिङ् परिक्षण सफल भएको गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले तु खबरलाई जानकारी दिईन् । उनका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु गुम्बा डाँडाबाट गरिएको परिक्षण सफल भएको छ । मौषम खराब भएकोले […]

इन्द्रसरोबरमा गोले तामाङ वंश उत्थान समाज गठन

मकवानपुर २२ वैशाख । गोले तामाङ वंश उत्थान समाजको इन्द्रसरोबर गाउपालिकाको गाउँ इकाई कमिटीको गठन भएको छ । शनिबार बिरेन्द्र गोले तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको गाउँ इकाई कमिटीको उपाध्यक्षमा मनोजकुमार गोले, सचिवमा भरत गोले, कोषाध्यक्षमा झिल्के गोले, सहसचिवमा दिलबहादुर गोले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेस कुमार […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

तरुण दल ईन्द्रसरोवर गाउँपालिकास्तरीय बृहत् भेला

मकवानपुर, ७ फागुन । नेपाल तरुण दल ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकास्तरीय बृहत तरुण भेला भएको छ । नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बृहत् तरुण भेला भएको हो । बृहत् तरुण भेलामा राप्रपा नेपालबाट स्थानीय तहको निर्वाचनमा ईन्द्रसरोवर गाउँपालिकामा उपाध्यक्षको प्रत्यासी […]