स्वास्थ्य/जीवनशैली

मकवानपुर पनि ‘निपा’ भाईरसको उच्च जोखिममा

काठमाडौँ, १३ जेठ । नेपाल ‘निपा’ भाइरसको जोखिममा रहेको देखिएको छ । ६ वर्षदेखि चमेरोमा गरिएको अनुसन्धानले नेपाल पनि ‘निपा’ भाइरसको उच्च जोखिममा रहेको पाइएको हो । अनुसन्धानकर्ताका अनुसार हालसम्म नेपालमा ‘निपा’ भाइरस पत्ता लागेको छैन । दक्षिण एसियामा अहिलेसम्म भारत र बंगलादेशमा मात्र ‘निपा’ भाइरस देखिएको छ । त्यस्तै निपा भाईरसको जोखिममा मकवानपुर र […]

याद गर्नुस्–यस्ता लक्षण देखिएमा तपाईलाई एपेन्डिसाइटिस भएको हुनसक्छ

एजेन्सी, १० जेठ । एपेन्डिसाइटिस यस्तो कुरा हो जसको सही समयमा उपचार हुन नसकेमा मानिसको ज्यान समेत जानसक्छ । यो यस्तो रोग हो, जसमा एपेन्डिक्स सुन्निन्छ जुन उपचार गरेमा सजिलै निको हुन्छ । तर, लापरबाही गरियो भने, त्यसले निकै जटिल समस्या निम्त्याउन सक्छ । एपेन्डिसाइटिस भएको सजिलै थाहा पाउन सकिन्न । यसको पहिचान गर्न समस्या […]

ज्वरो र रुघाखोकीका बिरामीले भरियो हस्पिटल

तनहुँ, १० जेठ ।केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उहाँले दिनुभयो । भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उहाँले बताउनुभयो । दैनिक १६० जनासम्म […]

कपाल झरेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस्

एजेन्सी, ९ जेठ । हामी मध्ये धेरैलाई कपाल झर्ने समस्याले दिक्क बनाएको कुरा सबैलाई थाहा नै छ । युवा अवस्थामा नै धेरै जसो युवायुवतीको कपाल झर्न थालेपछि त्यसले पिडा समेत गराउँछ । उनीहरु विभिन्न माध्यमहरुबाट कपाल झर्न रोक्ने उपाय खोज्न थाल्छन् । यदि तपाईको पनि कपाल झर्ने गरेको छ भने तपाईले पहिले यी कुराहरु बुझ्नु […]

हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम

हेटौँडा, १३ बैशाख । हेटौडा उपमहानगरपालिका अन्तर्गतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिम आयोजना गरिएको हो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महतले महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण हुने भएकोले तालिम पश्चात आ–आफ्नो कार्यक्षेत्रमा अझ […]

२५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्था रित्तै, औषधिको हाहाकार

-दिनेश गौतम काठमाडौँ, १० बैशाख । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् । अभावको सन्देश बोकेर तल्लो तहबाट आएको पत्र देखेपछि शाखाका कर्मचारी मन […]

अब महिलालाई फिस्टुला र क्यान्सर परीक्षण नि:शुल्क

काठमाडौँ, ०३ बैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सरको परीक्षण पनि निःशुल्क गर्ने घोषणा गरेकी छिन् । सुरक्षित मातृत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सरको परीक्षण पनि निःशुल्क गर्ने घोषणा गरेकी हुन् । यो कार्यक्रम वैशाखदेखि असारसम्मभित्र लागू गरिने स्वास्थ्य राज्यमन्त्री अर्यालले बताईन् । यसअघि नै गत […]

पदमपोखरी पान्तलेमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

–चन्द्र घलान हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो । संस्थाको १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरलाई नेपाल परिवार नियोजन संघले […]

बढ्दै अनलाईन सेक्स च्याट, यस्तो गर्छन् केटाकेटी अनलाईनमा ?

एजेन्सी, २५ चैत । यौन मानिसको जीवनसँग जोडिएको अभिन्न अंग हो त्यसैले पनि यसमा सबैको चासो जान्छ । प्राकृतिक रुपमै मानिस यौनप्रति झुकाव राख्छ । किशोर किशोरी अवस्थामा यसले उग्र रुप पनि लिन्छ भने सेक्स एडिक्सन नै भयो भने मानिसहरु विभिन्न माध्यमहरु प्रयोग गर्दै सेक्ससँग नजिक हुन्छन् । पछिल्लो समयमा अनलाइन सेक्सको प्रचलन बढ्दै गएको […]

गर्भजाँचका लागि एसएमएसबाटै निम्तो गरिने

बैतडी, २५ चैत । गर्भ जाँचका लागि अब बैतडीमा एसएमएसबाटै निम्तो दिइने भएको छ । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने तथा उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि सेवा संचालन भएको […]