हेटौंडाको पर्यटकीय क्षेत्रहरु घुमौँ, पर्यटन प्रवर्धनमा योगदान पुर्याऔँ

भुटनदेवी मन्दिर

भुटनदेवी मन्दिर हेटौडा नगरपालिकाको मध्य भागमा अवस्थित छ । महाभारतकालीन इतिहास बोकेको यस मन्दिरमा दैनिक जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक पर्यटकहरुको आउने गर्दछन भने हिन्दुहरुको महान चाड बडा दसैको अवसर तथा विषासय पुजामा धर्मावलम्बी एवं पर्यटकहरुको भीड लाग्ने गर्दछ ।

सहिद स्मारक

(हेटौडाबाट ७ कि मि पश्चिम) नेपाल राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आप्mनो जीवन उत्सर्ग गर्ने सहिदहरुको प्रतिक स्वरुप बाह्र जना (सरदार भक्ति थापा, दशरथा चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, भीमदत्त पन्त, विरेन राजवंशी, क्यापटेन यज्ञ बहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार बान्तवा, प्रभाकर पौडेल) सहिदका आकृति एउटै २५ टनको […]

कुष्माण्ड सरोवर(१०८ गौमुखी धारा)

हेटौडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङगलबाट उत्तर बगेकी) नदीको सङ्गम स्थलमा कुष्माण्ड सरोवर अवस्थित छ । तीन नदीको सङ्गममा बसेर कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त गरेको भनी स्कन्द पुराणको हिमवत खण्डको ७६ औं श्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा […]

पुष्पलाल पार्क

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो । यस स्थानमा नगरपालिकाको सहयोगमा नगर कै ठूलो पुष्पलाल स्मृति पुस्तकालय समेत सञ्चालित छ ।

हेटौडा औद्योगिक क्षेत्र

वि.स. २०२० सालमा स्थापना भएको हेटौडा औद्योगिक क्षेत्र हेटौडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानीमा विभिन्न उद्योगहरु यहाँ सञ्चालित छन् र यो नेपाल कै ठूलो र पुरानो औद्योगिक क्षेत्र पनि हो । यहाँका उद्योगहरु मकवानपुरवासी एवं अन्य क्षेत्रका व्यक्तिहरुको रोजगारीका लागि मुख्य श्रोत रहेको छ ।

मत्स्य विकास केन्द्र

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जागका माछा पालन गरिने यहाँका पोखरीहरु अवलोकन योग्य छन् । यस क्षेत्रमा हिउँदताका आगन्तुक चराहरु आउने गर्दछन् । राप्ती नदीमा आईबिसबिल ९क्ष्दष्कदष्िि० जस्ता दुर्लभ चराहरु समेतको अवलोकन गर्न सकिन्छ ।

वनस्खण्डी

हेटौडा नगरपालिका वडा नं. २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणीय स्थान हो । पहाड फेदी र हराभरा वनजङ्गलको बीच स्थापना गरिएको यस क्षेत्रमा दसैंको फुलपाती भित्राउने कार्य अति नै रमाईलो ढङ्गले गरिन्छ ।

मठ मन्दिरहरु

हेटौडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिईन्छ । त्यस्तै हिन्दुहरुका आराध्य देव पशुपतीको मन्दिर समेत हेटौडाको मध्यभागमा वडा नं. ४ मा प्रतिस्थापित छ । भैरव डाँडामा पाथिभरा देवीको मन्दिर, हेटौडा–वीरगञ्ज मार्गको बीचमा पर्ने चुरे श्रृङ्खलामा राणाकालमा निर्मित नेपालको पहिलो सुरुङमार्गको दक्षिणी मोहडामा हिन्दुहरुको प्रसिद्ध शक्तिपीठ चुरियामाईको मन्दिर रहेको छ । […]

वन विज्ञान सङ्ग्राहलय

वन विज्ञान अध्ययन संस्थान हेटौडा क्याम्पस(फरेष्ट्री क्याम्पस) परिषरमा दक्षिण एसिया मै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैंचा समेत रहेको वन विज्ञान सम्बन्धी सङ्ग्राहलय हेटौडा बजारबाट १ कि मि दक्षिण तर्पm अवस्थित छ ।

मनकामना मन्दिर

मकवानपुर गढी गाविस ९ र हेटौडा नगरपालिका ५ सीमाना नजिकै उच्च भागमा रहेको मनकामना मन्दिर वि.स. २०१६ सालमा स्थापना गरेको पाईन्छ । हेटौडाको मुख्य बजार क्षेत्रबाट १ घण्टाको पैदल यात्रामा पुगिने उक्त धार्मिक एवं पर्यटकीय क्षेत्रमा जिल्ला भित्र तथा जिल्ला बाहिरका भक्तजन र पर्यटकहरुको भीड लाग्ने गर्दछ ।