साहित्य

रबैया (कविता)

पूनः अङ्कल अङ्कल तपाईँको नाम…….हो ? यो औषधी लिएर आउनुस् है झट्टै अस्पतालको शैयामा मृत्युसँग पौँठेजोरी खेलीरहेका एक बृद्ध झल्याँस्स हुँदै नियाल्छन् वरिपरि र हाल्छन् सुस्केरा । सेतो कपडा लगाएकीको दिनचर्या नै औषधी लेख्ने, रक्तचाप नाप्ने र गराउने सबैको जाँच । भर्खरकी फुल्दै गरेकी कोपिला नफुल्दै त यस्ती छिन् फुलेपछि भमराका ताँतीलाई धपाउन होलिन् ब्यस्त […]

हामी लाटा जन्ता उनीहरु छट्टु नेता

-जन्ता जनार्दन मकवानपुरका बाम गठबन्धनले आफ्नो घोषणा पत्र आज सार्वजनिक गरेको छ । उसो त यस्ता चुनावी घोषणापत्रहरुलाई झुटको बहिखाता भन्दा हुने हो । किनकी त्यसमा कहिल्यै काम गर्ने मनसायले गर्न सकिने काममात्र उल्लेख गरिएको हुन्न । नचाहिँदा, ठसठसी कन्दा पनि पूरा गर्न नसकिने कुराहरुले भनेको शब्दहरुको घोषणापत्र सार्वजनिक गर्ने चलन छ । लाज, शर्म […]

महालक्ष्मी साहित्य पुरस्कार साहित्यकार धनराजलाई

हेटौँडा, २० कात्तिक । चितवनका हाँस्य साहित्यकार धनराज गिरीलाई महालक्ष्मी विकास बैकले यस बर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७३ प्रदान गरेको छ । रु २१ हजार १ रुपैया राशी रहेको सो बैंकको १५ औं साहित्य पुरस्कारलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि डा. तुलसी भट्टराई तथा हेटौँडा शाखाका प्रबन्धक राजेश लामिछानेले हेटौँडामा संयुक्त रुपमा प्रदान गरेका हुन् । […]

बिदेस जान्नै पर्ने भयो सानु (गजल)

-सुवाश लामा एक पटकलाई म नि बिदेस जान्नै पर्ने भयो सानु खाडी देशको तातो हावा खान्नै पर्ने भयो सानु घर उठाउदा लाको ऋण अझै तिरी भ्याको छैन कमाएर आफ्नो जेथा बान्नै पर्ने भयो सानु रहर होइन बाध्यता हो हामी युवा पर्देशिनु नियतिले घेर्दै ल्याउदा मान्नै पर्ने भयो सानु power र tower को चलखेल हुन थाले […]

लिलामीमा स्वाभिमान (कविता)

-छवि अनित्य गर्लम्मै धरहरा ढल्दा साला स्वाभिमान किन बाँचिरह्यो ? कोही छ – एक प्लेट स्वाभिमान किन्ने ? मलाई बेच्नु छ स्वाभिमान बजारमा । यो बजारमा सबथोक बिक्छ इमान, जमान पनि र किन्छ मान्छेले ऐश, आराम कुनै भव्य महलको पर्खालभित्र त्यही पर्खालको आडमा बेच्छिन् एउटी आमाले काँचो मासु र बदलामा टन्नै पाउँछिन् लालाबालाको एक पेट […]

प्रेम प्रस्ताव (कविता)

–साधना लामिछाने तन्काएर ओठ मिलेको नमिलेको जस्तै भएनि देखाएर दन्ते लहर मोबाइलको डिजीटल क्यामेरा बाट खिच्छु म एउटा सेल्फी अनि टाँसिदीन्छु त्यो तस्बीरलाइ जुकरबर्गको भित्तामा लाइक र कमेन्टको बर्षा हुन्छ ओहो! खुशी रहेछौ हो त्यही भएर म कन्जुस नगरी तन्काउँछु ओठ किनकी यहाँ हाँस्नुको अर्थ ओठ तन्काउनु हुन्छ। फेसबुकको भरमा प्रेम गर्ने प्रेमीहरु खै के […]

सिमाना (कविता)

आँखामा यो आकाश बोकेर कहाँ हिड्यौ तिमी ? कुन कुन थुम्कामा रोपेका हौ, नउम्रीएका यी फूलका बीजहरु नफुलेका ती फूलका बिरुवाहरु ! के पुगेन ? सिंचाइ कि सिंचन ! कि ओझेलमा पहेलिएका हुन् । जवाफ गमलासँग हैन भुइँसँग खोज्नु छ । जराको सिमाना देखाएर रंगको बिभाजन गरिन्छ भने म रातो पोतेर पानी रंग्याइदिन्छु तिमी सागर […]

बिर्खे अन्जान सम्मानित

वालिङ / तिला कुमारी स्मृति साहित्यिक प्रतिष्ठानले मकवानपुरका कवि र समालोचक विर्खे अञ्जानलाई सम्मान गरेको छ । आज स्याङ्जाको वालिङ नगरपालिकामा बृहत् साहित्य सम्मेलनको आयोजना विर्खे अन्जाललाई सम्मान गरेको हो ।  नेपाली भाषा, साहित्यको क्षेत्रमा बिगत लामो समय देखि क्रियाशील प्रतिष्ठानले हरेक बर्ष बार्षिक कार्यक्रम गर्दै आएको रहेको छ । प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद बनवासीको सभापतित्वमा […]

यो मुटु कहिलेकाँही (गजल)

मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ  उषा अनि सन्ध्याको प्रहरभन्दा माथि उड्छ । उठिरन्छ चाहनाको भूल्काहरू ठूलासाना अझ धेरै आज मन रहरभन्दा माथि उड्छ । सुन्छु कति बेतोड छ गति यो मुटुको नरोकिने पवनको लहरभन्दा माथि उड्छ । बतासिंदै जान्छ मन खै कून्नि कताकता आफैमा यो काबु राख्ने ठहरभन्दा माथि उड्छ । -सवि लामा कोगटे, […]

धेरै पछि… (गजल)

धेरै पछि रमाउदै साउनमा झरी आइन् त्यै झरीमा हराउन रुझ्दै एउटी चरी आइन् । कलिला बदन उस्का भीजेका थे अधरहरु आगो लाउने चाहनामा स्वर्गकी परी आइन् । मुस्काउदै रमाउदै म हेर्दै थिएँ उस्का कला छुन मलाइ खोज्दै उनी नजिक–नजिक सरी आइन् । चीसा उसका हस्तबिन्दु गरम थिए दिलका धड्कन चाहनालाइ मुर्त दिन सोह्रश्रीङ्गार गरि आइन् […]

मर्नलाई हतार किन गरेको ? (गजल)

तिमीले गल्ती बारम्बार किन गरेको आज फेरि श्रृङ्गार किन गरेको । बाँच्न जाने जीवन धेरै सुन्दर छ मर्नलाई हतार किन गरेको ? बन्दुक देखाएर उसले मलाई सोध्यो तैँले फुलको व्यापार किन गरेको ? यो प्रश्नको उत्तर बाउले के देला छोरीलाई बलात्कार किन गरेको ? पाप गर्नेलाई नै फलिफाप हुन्छ भने ‘धर्म’ को यत्रो प्रचार किन […]

साहित्य संगममा निमेष निखिल, हेटौँडाले सम्झने काम गर्ने ईच्छा

हेटौँडा, ३१ भदौ । साहित्य संगम मकवानपुरको अध्यक्षमा मकवानपुरे अग्रज साहित्यकार निमेष निखिल निर्विरोध चयन भएका छन् । आज भएको १३ औँ अभिवेशनबाट उनी अध्यक्षमा निर्विरोध भएका हुन् । उनीसहित कार्य समिति नै निर्विरोध चयन भएको बताइएको छ । संगमको उपाध्यक्षमा अनिता न्यौपाने, सचिवमा उमेश तिमल्सिना, सहसचिवमा भावना सापकोटा, कोषाध्यक्षमा रमेश बन्जारा र सदस्यहरुमा सानुबाबु […]

मोदीको पार्टीसँग भिड़्नु पर्दछ  :  राजा पुनियानी, भारतीय कवि

# राजा पुनियानीले छुट्टै राज्य-को आन्दोलन र यसलाई लिएर हुने गरेको राजनीतिबारे सोध्नेलाई चित्तबुझ्दो उत्तर के दिन्छ? राजा पुनियानीले साह्रै चित्त बुझाउने कुरा गर्दैन । भनिन्छ – राजा अब्जसे छ । छुच्चो छ । साथीभन्दा दोब्बर त उसले शत्रु पालेको छ । तैपनि सोधिहालेको छौ । भन्नैपर्ला केही त । विशेष गरी छुट्टै राज्य पाउने […]

खोक्रो आदर्शले पेट भर्ने भए (गजल)

भन्नू भयो बाले छोरा, झोलि तुम्बा बोके हुन्छ कसैलाई थाहा नदिइ, आफ्नो बाटो ठोके हुन्छ । खोक्रो आदर्शले पेट भर्ने भए, किन खानु पर्थ्यो नदे मलाइ तेरो भासण, अन्त गइ खोके हुन्छ । कत्ति पुच्छर लाग्छस, आधा जोवन बितिसक्यो अझै टेरपुच्छर नलागेमा, सधै उतै ढोके हुन्छ । अझै केही बित्या छैन, गर्न सक्छस तैले पनि सीप र ज्ञान […]

शर्त (कविता)

ओ….। प्रिय मान्छे मेरो दिलसम्म आउने बाटोमा जिम्मेवारीको पहाड ठडिएको छ दुःखको सगरमाथा छाती फुलाएर बसेको छ दरिद्रता लम्पसार परेको छ आवश्यकताहरु अनसन बसेका छन् सपनाहरु आँशुको खहरे बगाउँदै छन् प्रेमिल गन्तव्य भेट्टाउने मोहमा के सक्छौ तिमी उठाउन दुर्घटनामय यात्राको जोखिम ? मेरो आमाको गर्भमा नै तुहिएको छोराले तिमीलाई भिनाजु सम्बोधन गर्ने छैन मेरो ‘बा’ले […]