साहित्य

कसैले पनि मेरो बदमाशीको रेकर्ड तोड्नै सक्दैनन् : – नारायण ढकाल (लेखक)

(नारायण ढकालसँग निमेषराज सापकोटाले गरेको कुराकानीमा आधारित ) नारायण ढकाल “काठ” सम्प्रदायमा हुर्किएका लेखक हुन् । लेखनमा कथा, निबन्ध, उपन्यास र ¥याडन्म कोलुमहरुमा उनको एककिसमको ब्रान्ड छ । त्यहि ब्रान्डमा रुचि देखाउने र पक्षमा उभिने पाठकहरुको सङ्ख्या सर्वत्र छ नेपालमा । एकथरि नारायण ढकालका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तराष्ट्रिय स्थरमा पु¥याउनुपर्ने तर्क र कोशिस गरिरहेका […]

साहित्य संगमको २७९ औँ साहित्य सन्ध्यामा रचना वाचन

हेटौँडा, १२ फागुन । साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार भएको हेटौँडामा भएको छ । सङ्गमको आफ्नै प्रेक्षालयमा भएको कार्यक्रममा कवि नेत्रप्रसाद चौलागाईंका ३ वटा कविता वाचन गरिएको थियो । उनका कविता माथि सङ्गमका निर्वतमान अध्यक्ष सुवास खनालले टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमका अतिथि एवं साहित्यकार गणेशकुमार पौडेल, तुलसी घिमिरे, चिरञ्जीवी […]

कविता गोष्ठिमा संचारकर्मी खड्का प्रथम

मकवानपुर, ६ फागुन । उत्तरी मकवानपुरकै एक मात्र थाहा नगरपालिका वडा नम्बर ३ को खेल्पुडांडामा अस्थित पालुङ बहुमुखी क्याम्पसमा आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा उत्कृष्ट रचना प्रस्तुत गर्दै थाहा नगरकी संचारकर्मी तथा क्याम्पसमा मानविकि संकाय प्रथम वर्षमा अध्ययनरत छात्रा सिम्रन खड्का प्रथम हुन सफल भएकी छिन् । त्यसैगरि द्वितीयमा […]

महेद्र माविकी विद्यार्थी रुपा ढुङ्गेललाई मनमाया स्मृति गजल पुरस्कार

मकवानपुर, ६ फागुन । माध्यमिक तहको जिल्लास्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिकास्थित महेन्द्र माविकी छात्रा रुपा ढुङ्गेल उत्कृष्ट भएकी छन् । गजल मञ्च मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका माध्यमिक तहका विजद्यार्थीबीच गराइएको गजल प्रतिस्पर्धामा कक्षा १२ मा अध्ययनरत ढुङ्गेल उत्कृष्ट भएकी हुन् । उत्कृष्ट भएसँगै उनले मनमाया स्मृति गजल पुरस्कार–२०७४ प्राप्त गरेकी हुन् । साहित्यकार दीपक गौतमले […]

४० कटेसी रमाउला

–प्रमोद अधिकारी सुन साइला सुन साइला ४० कटेसी रमाउला । साइलो तिमी परदेशिएसँगै परदेशियो गाउँ परदेशियो घर अनि परदेशियो रहर ! भनी विरह गाउने समय फेरियो अब । रमाउनु भनेको पैसा रहेछ साइलो तिमी गएसँगै रमाइलै रमाइलो छ अचेल । घरभरि रमाइलो भरिएको छ सहरभरि रमाइलो भरिएको छ । हिजो तिमी हुँदा जे जे थिएन […]

कानुनले नुनको सोझो गरेपछि

संसारमा कानुनबाहेक सबैले नुनको सोझो गर्नुपर्छ कानुनले नै नुनको सोझो गरेपछि कानुनले नै धर्म छोडेपछि अदालतको पनि के लाग्छ ? न्यायाधीसको पनि के लाग्छ नुन लागेको कानुन वकीलले पनि पस्किनुपर्छ न्यायाधीसले पनि चाख्नुपर्छ यदि कानुन आफैँ बोल्न सक्ने हुँदो हो यदि कानुनले आफैँ मुद्दा हाल्न सक्दो हो त, उसले पहिलो मुद्दा वकीलहरुलाई हाल्नेथ्यो । उसले […]

चेतन कार्की र गायिका कोमल वली सहित मकवानपुरे स्रष्टाहरु सम्मानित

मकवानपुर, १५ माघ । मोफसलमा स्थापना भएर साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार चेतन कार्कीलाई प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार हेटौंडामा कार्यक्रम गर्दै एक लाख राशी रहेको उक्त पुरस्कार भाषा, सङ्गीत, साहित्य, कलामा योगदान पु¥याएको भन्दै कार्कीलाई […]

‘मार्कसिटको प्रतिशत र विद्यालयको होमवर्कमात्र ठूलो कुरा होईन’– अधिकारी

मकवानपुर, १२ माघ । मकवानपुरे पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीले विद्यार्थीको जीवनमा मार्कसिटको प्रतिशत र विद्यालयको होमवर्कमात्र ठूलो कुरा नभएको बताएका छन् । हेटौँडा–४ मा अवस्थित नवोदय शिशु सदनका विद्यार्थीहरुको रचना वाचन कार्यक्रम ‘कफी हाउस’ मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले बालबच्चालाई उचित वातावरण र अवसर आवश्यक भएको बताए । उनले बालबालिकालाई रमाईलो […]

‘कफी हाउस’ मा सबैलाई मन्त्रमुग्ध पार्दै नवोदयका विद्यार्थीहरु

मकवानपुर, १० माघ । एक महिनाको लेखन कार्यशाला पश्चात हेटौँडा–४ मा अवस्थित नवोदय शिशु सदनका विद्यार्थीहरुले ‘कफी हाउस’ कार्यक्रममा सबैलाई मन्त्रमुग्ध पार्ने गरी साहित्य वाचन गरेका छन् । बुधबार हेटौँडामा भएको कार्यक्रममा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना कथा, कविता, लेख लगायतका रचनाहरु वाचन गरी आफुले बनाएका पुस्तकहरु समेत विमोचन गरेका थिए । उनीहरुले कार्यक्रममा […]

साहित्यकार र गायिका सहित ८ जनालाई मकवानपुरमा सम्मान गरिने

मकवानपुर, १० माघ । मोफसलमा स्थापना भएर साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार चेतन कार्कीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुरस्कारको घोषणा गरेको हो । एक लाख राशी रहेको उक्त पुरस्कार भाषा, […]

हेटौंडामा यसरी गुञ्जिए पोखरेली गजलकार दीपक समीप

मकवापनुर, ७ माघ । गजल मञ्च मकवानपुरको आयोजनामा पोखरेली गजलकार दीपक समीपको एकल गजल वाचन भएको छ । समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका हुन् । उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाएर हेटौंडेली साहित्यकार, गजलकार तथा गजल अनुरागीको मन जितेका छन् । गजल मञ्च मकवानपुरको १४० औं गजल यात्राको सन्दर्भमा समीपका दमदार गजलहरु […]

कमरेड रमेशको वलिदानलाइ नयाँ उचाईमा स्थापित गरौँ

(कविता) –गोकुल दाहाल शासकहरु तिम्रो चिहान देख्दा सम्म तर्सन्छन आज पनि उत्पिडित समुदाय र वर्ग गर्व र भावुक बन्छ सम्झेर तिमिलाई । अठोट गरेर कसिन पुग्छ मुठ्ठी आँखा रसाउ छ आक्रोश–पिडाको क्रन्दनले । सम्झन्छु , त्यसैले त तपाईं महान हुनुहुन्छ तपाईं सहिद हुनुहुन्छ जनताको नानी हुनुहुन्छ हाम्रा मार्गदर्शक ज्ञानी हुनुहुन्छ । शासकको कसिङ्गर हुनुहुन्छ र […]

‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी, कथाको पठन नभएको भनाई

हेटौँडा, २८ पुस । प्रगतिशील लेखक संघ मकवानपुर र नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबार हेटौँडामा ‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको प्रमुख मातृका पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समीक्षक, पत्रकार तथा कथाकार अभय श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले नेपालमा […]

डाक्टर के.सी. को हौ तिमी ?

(कविता) –गोकुल दाहाल दलाल सत्ता मत–मतियर छाडा साँढेले झै तिमीसँग मिच्दै हेपाईराज चलाउँदै छ । मनोपोलिको डोजरले पेल्दै यत्र तत्र देश जनता मास्दै छ । के.सी तिम्रो चेतनामा च्वास्स बिझेर ब्युँझेको के थ्यौ सडक किनारमा दलालका रक्षकहरुले लछार्दै स्वाँठहरुको कठघरा उभ्याइ छाडे । उर्लेर तिम्रा समर्थक चिच्याउँदा भित्ताभरी लुटेरा डाँकाहरुको बैरोपन सुध्रिन सकेन आखिर यो […]

तीन स्रष्टालाई सम्मान

भक्तपुर, २५ पुस । भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा यहाँ तीनजना स्रष्टालाई सम्मान गरेको छ । सोमबार यहाँ समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा भक्तपुर निवासी गीतकार सुवासचन्द्र ढुंगेल, मध्यपुरथिमि निवासी संस्कृतिकर्मी एवं साहित्यकार गणेशराम लाछी र ललितपुर निवासी गायिका रमना श्रेष्ठलाई सम्मान गरिएको हो । प्राज्ञ मातृका पोखरेलले उहाँहरुलाई भादगाउँले टोपी […]

झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन

– मीना घोरसाइने काभ्रे, २५ पुस । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा । झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको […]

आँचलको वार्षिकोत्सवमा साहित्यकार प्रतिमा पाठक र पत्रकार अधिकारी सम्मानित

मकवानपुर, २३ पुस । आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठक सम्मानित भएकी छिन् । मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले ‘बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४’ बाट शनिबार हेटौंडामा सम्मान गरेको हो । आँचलको ५ औं वार्षिकोत्सव कार्यक्रममा कथाकार माया ठकुरीले पाठकलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेकी हुन् । […]

आर आर चौलागाईका चार कविता – मुर्ति र मान्छेदेखि घोषणा पत्रसम्म

कविता १ – मूर्ति र मान्छे मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा बिस्ट्याउँछ, निलिबस्दो रहेछ पाण्डव र कौरवको सङ्ग्राम हुन्छ, टोलाइबस्दो रहेछ गिद्धले टाउकामा टेक्छ, थापिबस्दो रहेछ । मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । आँखै अगाडि सत्य घाइते हुन्छ, लुकिबस्दो रहेछ निधारमा कालो पोतिन्छ, […]

राष्ट्रपतिबाट प्राज्ञ र कवि पुरस्कृत

काठमाडौँ, १८ पुस (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार […]

साहित्यकार प्रतिमा पाठकलाई बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान

मकवानपुर, १६ पुस । आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठकलाई सम्मानित गरिने भएको छ । मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४ बाट सम्मानित गर्ने निर्णय शनिबार गरेको हो । छनोट समितिले दिएको निर्णयलाई आँचलको शनिबार बसेको बैठकले पाठकको नाम सार्वजनिक गरेको छ । […]