साहित्य

मेरो देश नेपाल

कविता –अभिलाषा धिताल जीएस निकेतन, हेटौँडा ४ सँस्कृति छुट्टै चिनारी बेग्लै नेपाली मनको सम्यक देश अनौठो भेष वीर यी जनको नवको शशी प्रफुल्ल देखे मयूर नाचेको नेपाली दुःख सुखमा पनि मिलेर बाँचेको भ्रातृत्व राख्छ शेर्पाली यहाँ मुसुक्क हाँस्दछ पाल्पाली पनि मुसुक्क हाँसी प्रीत त्यो गाँस्दछ लेक र बेँसी तराई फाँट सुन्दरता अनन्त भाष्कर शशी जसरी […]

वातावरणको चरित्र

कविता -ऋचा कोइराला, हेटौँडा एकेडेमी, हेटौँडा ११ हो सबैको जीवनकी आधार गर्नुभएन कसैले यसको हेला र तिरस्कार हामी जन्मछाँै यही मछाँै यही त के यसलाई बिगार्नु हाम्रो काम मै हो त्यही हाम्रो काम त हो यसको पवित्रता मनका राखी राम्रो भाव यसप्रति बदलौँ आफ्नो चरित्रता हामीलाई लाउनदेखि खान त्यसैको आवश्यकता त्यसैले हाम्रो कर्तव्य त हो […]

समाज सुधारौँ अब

कविता –सरिता शाही ठकुरी अमर मावि हेटौँडा १० समाजमा हत्याहिंसा बलात्कार गर्ने यिनै हुन् समाजलाई तड्पाएर मार्ने । धुम्रपान र मध्यपान, सेवन गर्ने भए नेपाल आमा यही विकृतिले सधँै रुने भए घुसखोरी र भ्रष्टाचारी, देशमा बढ्दै जाँदा सोझासाझा बिचल्लीमा परे धेरै आज । छुवाछुतको कुरा सुन्दा, मनै हुन्छ खिन्न यस्तो भेद्भाव गर्नेलाई, आजै राखौँ भिन्न […]

हेटौँडामा स्थलगत कविता प्रतियोगिता गर्दै भानुभक्त आचार्यको सम्झना

हेटौंडा, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औँ जन्मजयन्तीको उपलक्ष्यमा शुक्रबार हेटौंडामा प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता आयोजना गरेको छ । हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामामा ३ जना उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकामा रहेका ६ संस्थागत तथा […]

भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती देशभर मनाइदै

मकवानपुर २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती आज देशभर मनाईदै छ । उनको शालिकमा माल्यापर्ण गर्दै उनको सम्झनामा मकवानपुरमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको छ । त्यसैगरी भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना समेत हुँदैछ । प्रधानमन्त्री […]

भानु जयन्तीमा हेटौँडामा स्थलगत कविता प्रतियोगिता हुने

मकवानपुर, २८ असार । हेटौँडा ४ कमल डाँडामा अवस्थित नवोदय शिशु सदनले भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । विद्यालयले २०५ औँ भानु जयन्ती विशेष कार्यक्रम अन्तर्गत असार २९ गते बिहान ‘प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगिता २०७५’ को आयोजना गर्न लागेको शिक्षक सिएम रिमालले जानकारी दिएका छन् ।

खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ

गजल –केशब खड्का ठिक भन्यौ तिमीले म जस्ताको भर हुँदैन र यस्ता मुसाफिरहरुको केही रहर हुँदैन । आत्मदाह गर्न ठिक्क परेको मान्छे बडो आत्तिएछ हेर्छ, कोठाका सन्दुकमा राखेको जहर हुँदैन । खेल्दै गरेको छोरा हठात बन्दुक माग्न थाल्छ जब उसलाई उ आफैसँग कुनै डर हुँदैन । बेहिसाब बाँचिरहने आशिर्वाद नदिनुहोस मलाई थाहा छ आमा, मान्छे […]

बिर्सिदै गो मान्छेले जन्मेको माटो पनि

गजल -केशब खड्का यस्तो लाग्छ कि बेखुस छ यो दोबाटो पनि जब बिर्सिदै गो मान्छेले जन्मेको माटो पनि । मलाइ यता बास्मती चामल पनि बिझाउछ आमा खिर जस्तै मान्छिन गाउको आटो पनि । अब म एक्लो फकिर कहाँ कहाँ भ्याउन सकुला र छोराका मलामी बन्दीनु महाशय मेरा साटो पनि । अब त यो गाउँ ले […]

मान्छे ज्यानमारा लाग्छ

–केशब खड्का गजल कसम मलाई फुलभन्दा गतिलो भमरा लाग्छ । कि तिमी कि तिम्रो नखरा लाग्छ ।। म जुन दिन बालाई बाँच्न घर बन्धक राख्ने कुरो गर्छु त्यहिदिन घरबाहिर सामान्तवादको नारा लाग्छ ।। जब जब यी फुलहरु बसाउदै चोकतिर देखिन्छन् यो त सरासर म जस्तो दिलबहादुर मार्ने पारा लाग्छ ।। के भन्यो भन्लान् फेरि यी […]

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना, सानो आन्द्राबाट रक्तस्राव

काठमाडौँ, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वदेश फर्किएका उनी शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा.विवेक शर्माले […]