खेलकुद

हेटौँडामा जेठ १३ गतेदेखि साफ च्याम्पियनसिप फुटबलको छनौट खेल हुने

हेटौँडा, ११ जेठ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही जेठ १३ देखि १५ गतेसम्म हेटौँडाको हुप्रचौरमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि छनौट खेल संचालन हुने भएको छ । आउँदो २० अगष्टदेखि २८ अगष्ट सम्म भुटानको राजधानी थिम्पुमा हुने अण्डर १५ महिला साफ च्याम्पियनसिप फुटबल तथा २८ अगष्ट देखि ७ सेप्टेम्बरसम्म थिम्पुमा नै हुने अण्डर […]

कोलकत्ता आईपिएलको क्वालिफायरमा

भारत, १० जेठ । बुधबार राति भएको इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा घरेलु टोलीले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो । राजस्थानका संजु सामसनले ५० […]

सन्दीप लामिछानेले पाए कार उपहार

काठमाडौँ ९ जेठ । इन्डियन प्रिमियर लिगआइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत सिइओ राजनबाबु […]

आईपीएलको फाईनलमा ‘चेन्नई सुपर किङ्स’

भारत, ९ जेठ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ । क्वालिफायर्समा सनराइजर्स हैदराबादलाई मंगलबार २ विकेटले हराउँदै चेन्नईले फाईनल यात्रा तय गरेको हो । मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईको जितमा फाप डु प्लेसीसले […]

सन्दीप लामिछानेको बलिङमा दिल्लीको जीत

मकवानपुर । दिल्लीसँग पराजित भएपछि मुम्बई जारी आइपीएलबाट बाहिरिएको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको हो । पहिले व्याटिङ गरेको दिल्लीले तोकिएको २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । जवाफमा मुम्बई १९ ओभर ३ […]

विश्व ११ को प्रतिनिधित्व गर्दै क्रिकेटर सन्दिप लामिछाने

काठमाडौँ, २ जेठ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् । गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते(मे ३१ मा) इङग्ल्यान्डको लर्ड्समा हुनेछ । वेष्ट इन्डिज टि ट्वेन्टीको विश्वकप विजेता […]

हेटौँडा कप टी–२० क्रिकेटको उपाधिमा हेटौँडा क्रिकेट क्लबको पोल्टामा

हेटौँडा, १ जेठ । जिल्ला क्रिकेट संघको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा मकवानपुरको हेटौँडामा आयोजना गरिएको हेटौँडा कप टी –२० क्रिकेट प्रतियोगिताको उपाधि हेटाँैडा क्रिकेट क्लबले जितेको छ । आज हेटौँडाको हुप्रचौरमा भएको फाईनल खेलमा हेटौँडा क्रिकेट एकेडेमीलाई १३ रनले पछि पार्दै हेटौँडा क्रिकेट क्लबले उपाधि जितेको हो । क्रिकेट क्लबले दिएको […]

प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि थाहाको पोल्टामा

–प्रमोद कुमार राई मकवानपुर, ३० बैशाख । मकवानपुरको बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको ‘प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिता’को उपाधि थाहा खेलकुद विकास समितिले जितेको छ । आईतबार जनता मा.वि. फापरबारीको खेल मैदानमा भएको फाईनल खेलमा काभ्रेको खानीखोला ६ नम्बर टिमलाई पराजित गर्दै थाहाले जीत हात पारेको हो । थाहाले २५–२२, २१–२५, २५–१९ […]

प्रथम प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं, २७ बैशाख । राजधानीमा पहिलो प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपालय इन्टरनेसनलको व्यवस्थापनमा र राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने प्रतियोगिता आगामी जेठ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगिताको विजेता टिमले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सात वटा प्रदेश र […]

हेटौँडामा हेटौँडा कप टी–२० क्रिकेटको उद्घाटन खेलमा मकवानपुर विजयी

हेटौँडा, २३ बैशाख । क्रिकेट एशोसियशन अफ मकवानपुरको आयोजनामा आईतबारबाट हेटौंडामा सुरु भएको हेटौंडा कप टि ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा सिमरा क्रिकेट क्लव बारालाई हराउँदै मकवानपुर क्रिकेट क्लव विजयी भएको छ । हेटौंडाको हुप्रचौरमा भएको खेलमा मकवानपुरले सिमरालाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिमराले निर्धारित ओभरमा […]