मनोरञ्जन

हेटौंडा आईडलको टप टेनमा को–को परे ?

मकवानपुर २५ फागुन । हेटौंडा औद्योगिक मेलामा संचालन भईरहेको गायन प्रतियोगिता हेटौंडा आईडलबाट आज २ जना बाहिरिएका छन् । शुक्रबार उत्कृष्ट १२ जना छनौट गरेको हेटौंडा आईडलले आज उत्कृष्ट १० जनालाई मात्रै छनौट गरेको हो । आयोजकका अनुसार आज कोड नम्बर ५ का कविर गौतम र कोडनम्बर १३ का रामकुमार गोले रहेका छन् । आइडलको […]

हेटौंडामा राष्ट्रिय व्यापार मेला : आज गायक निशान भट्टराई आउने

मकवानपुर २५ फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक  निशान भट्टराई तथा लोक दोहोरी गायक सुनिल थापा र गायिका रेखा लामा आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा गायक गायक निशान भट्टराई तथा लोक दोहोरी गायक सुनिल थापा र गायिका रेखा लामाले प्रस्तुती दिने […]

हेटौंडामा राष्ट्रिय व्यापार मेला हुँदै, आज गायक कृष्ण काफ्ले, मिलन लामा र प्रिती आले आउने

मकवानपुर २४ फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज शुक्रबार गायक कृष्ण काफ्ले, मिलन लामा र प्रिती आले आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा गायक कृष्ण काफ्ले, मिलन लामा र प्रिती आले प्रस्तुती दिने आयोजकले जनाएको छ । मेला परिसरमा हरेक दिन निःशुल्क स्वास्थ्य […]

हेटौँडा आईडलमा उत्कृष्ट १३ जना छनोट

मकवानपुर, २३ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाको अवसरमा आयोजित हेटौँडा आईडलमा उत्कृष्ट १३ प्रतियोगी छनोट गरिएको छ । बिहिबार उत्कृष्ट १५ बाट २ जनालाई पछाडि पार्दै १३ प्रतियोगीहरु छनोट भएका हुन् । बिहिबार गंगा पाख्रीन र करप रुम्बा बाहिरिएसँगै उत्कृष्ट १३ प्रतियोगी छनोट भएका हुन् । उत्कृष्ट १३ प्रतियोगीहरुमा आशुतोश पोखरेल […]

हेटौंडामा औद्योगिक व्यापार मेला जारी, आज गायक अशोक दर्जी र टंक बुढाथोकी आउने

मकवानपुर २३ फागुन । शनिबारबाट हेटौंडामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक अशोक दर्जी, टंक बुढाथोकी उनीहरुको साथमा एआर बुढाथोकी आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा अशोक दर्जी, टंक बुढाथोकी उनीहरुको साथमा एआर बुढाथोकी र हेटौंडाका संगीतकार तथा गायक चेतन सापकोटाले प्रस्तुती दिने आयोजकले जनाएको छ […]

राष्ट्रिय औद्योगिक मेलामा आज सुगम पोखरेल र कमल क्षेत्री आउने

मकवानपुर २२ फागुन । हेटौंडा–५, क्याम्पाडाँडामा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक सुगम पोखरेल र कमल क्षेत्री आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा गाायक सुगम पोखरेल र कमल क्षेत्रीले आफ्नो प्रस्तुती दिने आयोजक समितिले जनाएको छ । मेला आज भरतपुरबाट आउने डा. विकास पाण्डेको टिमले नाक, कान […]

मनहरी–२ की सारिका लामा हेटौँडा आईडलमा

मकवानपुर, २१ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १८ प्रतियोगी मध्ये मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ की सारिका लामा पनि एक हुन् । अडिसनको प्रि–अडिसन, मेगा अडिसन र पहिलो स्टेज प्रस्तुतिलाई पार गर्दै उनी उत्कृष्ट १८ मा पर्न सफल भएकी हुन् । उत्कृष्ट […]

हेटौंडा औद्योगिक मेलामा आज प्रताप दास, शिवहरि पौडेल र किरण केसी आउने

मकवानपुर २१ फागुन । हेटौंडाको क्याम्पाडाँडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तेस्रो दिन आज राष्ट्रिय कलाकारहरु गायक प्रताप दास, हाँस्यकलाकार शिवहरी पौडेल (मुखा हानु जस्ता) र किरण केसी (राता मकै) आउँदैछन् । त्यस्तै आज भरतपुरबाट आउने मुटुरोग विशेषज्ञहरुद्धारा निःशुल्क परिक्षण हुने संघले जनाएको छ । त्यस्तै हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग […]

राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज हाँस्य कलाकार जितु नेपाल र फुलन्देकी आमा आउँदै

मकवानपुर १९ फागुन । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ को आज दोस्रो दिन हाँस्य कलाकार जीतु नेपाल (मुन्द्रे) र उमेश राई (फुलेन्देकी आमा) आउँदै छन् । आज हेटौंडाको व्यापार मेलामा उनीहरुले जोडदार मनोरञ्जन दिने आयोजकले जनाएको छ । त्यस्तै मेलामा ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य सेवा […]

मुन्द्रेको सामाजिक काम, मृर्गौला पीडितलाई सहयोग

मकवानपुर १८ फागुन । कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । नेपालमा घरजग्गा केही नभएको २२ वर्षिय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका हुन् । जितु नेपालको औपचारिक युट्युव च्यानल जितु कमेडीमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन् । जितुको सामाजिक कार्यमा […]

प्रियंका र आयुशमान एक वर्षको लागि अभियानकर्मीमा नियुक्त

काठमाडौँ, १३ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मीमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ गते बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मीमा नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको […]

ल्होसारमा सानु कान्छाको माथी माथी लेककी तामाङनी भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं १२ माघ । नेपाली आदिवासी समुदाय तामाङ जातीको महान चाड मध्येमा पर्ने ल्होसार नजिकिदै गर्दा यसै चाडसँग सम्बन्धित रहेर एउटा भिडियो सार्वजनिक भएको छ । स्काई डिजिटल प्रोडक्सनको उत्पादनमा सानु कान्छा मोक्तानको प्रस्तुति रहेको माथी माथी लेककी तामाङनी बोलको ल्होसार सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा सानु कान्छा तामाङको शब्द तथा […]

सुनिल र एलिशा फिचर्ड खुचिङ माया सार्वजनिक ( भिडियो सहित)

मकवानपुर ११ माघ । हिजोआज नेपाली गीत संगीतमा निकै परिवर्तन आएको छ गीत अब सुन्ने मात्रै होइन हेर्ने पनि भएको छ । नयाँ–नयाँ थिम र कन्स्पेटमा भिडियो निर्माण भै राखेका छन् । केही दिन अघि यस्तै एउटा रमाइलो गीत खुचिङ माया सार्वजनिक भएको छ । पेशाले फिजिक्सका लेक्चरर प्रदिप पाण्डे म्युजिकमा निकै रुचि राख्छन । […]

नेपाली काँग्रेसको बैठक आज बस्दै

काठमाडौँ, १० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको गत मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म काठमाडौँमा भएको […]

मकवानपुरको पदमपोखरीमा सोनाम ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने

हेटौंडा, ८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंं. १३, पदमपोखरीको ठूलोथलीमा सोनाम ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रमको हुने भएको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि यही माघ २५ गते कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिने आयोजक समितिकी संयोजक संगीता वाईवाले जानकारी दिएकी छिन् । […]

हेटौँडामा फागुन १६ गतेदेखि औद्योगिक व्यापार मेला हुने

हेटौँडा, ८ माघ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा राष्ट्रिय व्यापारमेला २०७५ हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडाको क्याम्पा डाँडामा आगामी फागुन १६ गतेदेखी २६ गतेसम्म मेला हुने जानकारी दिएको हो । मेलामा मकवानपुरे उत्पादनलाई धेरै प्रोत्सहान गरिने समेत मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।मेलामा ४ […]

मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भीमफेदी गाइज भिडियो सहित

मकवानपुर ५ माघ । भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ । मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले […]

७ दर्जन सिनेमा हलमा चौका दाउ

काठमाडौं २७ पौष । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुक सात दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको छ । ‘माघे सक्रान्तीको अबसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा […]

चौका दाउ चार शहरमा अन्तरक्रिया

काठमाडौं । चलचित्र चौका दाउको मोफसलका चार शहरमा अन्तरक्रिया गरिएको छ । पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको मोफसल यात्रा अन्तर्गत मँगलबार हेटौंडामा बुधबार चितवन र बुटबलमा बिहिबार पोखरामा अन्तरक्रिया गरिएको हो । यसरी चार सहरमा सञ्चारकर्मीसँग फिल्मी बहस सकेर चलचित्र युनिट बिहिबार राती काठमाडौं फर्किएको छ । सो अन्तरक्रिया कार्यक्रममा […]

‘लाहुरे दाईको पल्टने झोला’ बजारमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं १९ पौष । पछिल्लो समय निकै लोकप्रिय बन्दै आएकी ब्यस्त गायिका मनमाया वाईबाको नयाँ वोलको गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ । निकै मौलीक र झ्याउरे भाकामा तयार भएको उक्त गीत गायिका मनमायाको आफ्नै अफिसिएल युट्युव च्यानल ‘मनमाया वाईबा’मार्फत सार्वजनिक भएको हो । गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको सुमधुर […]