मनोरञ्जन

हेटौंडाका र्‍यापर चिलको “ह्याप्पी तिहार” सार्वजनिक (भिडियोसहित)

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर हेटौंडाका र्‍यापर चिलकोले नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । र्‍यापर चिलले “ह्याप्पी तिहार” बोलको म्युजिक भिडियो चिल अफिसियल युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरेको हो । । उक्त गीतमा शब्द/संगीत र्‍याप र्‍यापर चिलको र गहन खतिवडाको रहेको छ भने विट र रेकर्डिङ सायम ढकालले गरेका छन् । […]

मकवानपुरका गायक मगरको ‘गाजलु आँखै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर । मकवानपुरका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको ‘गाजलु आँखै’ बोलको गीत सार्वजनिक भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भर्याङमा छायांकन भएको उक्त गीत आइतबार गायक आशिष अस्लामी मगरको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । गायक मगरको क्या राम्री बोलको गीतको शृङख्ला दूईको रुपमा आएको गाजालु आँखैको निर्देशन थाहा […]

गायक एवम् संगीतकार प्रकाश तामाङ तितुङको ‘सप्तरङगी भाईटिका’ सार्वजनिक (भिडियोसहित)

मकवानपुर । चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘सप्तरङगी भाईटिका’ सार्वाजानिक भएको छ । उक्त गीत जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो । विजय तामाङको शब्दमा रहेको गीतलाइ गायक एंव संगीतकार प्रकाश तामाङ तितुङले संगीत भरेका छन् भने आगा लामाले संगीत संयोजन गरेका हुन । गीतमा चर्चित गायक एंव संगीतकार बिशाल […]

मीन बानियाँको ‘अर्काको देशमा’ सार्वजनिक

मकवानपुर । गीतकार मीन बानियाँको ‘अर्काको देशमा आँशु छ आँखामा’  बोलको भिडियो सार्वजनिक भएको छ । गायक शुलभ लोहनीको स्वर मा रहेको गीतको म्यूजिक  भिडियो युट्युबमा सार्वजनिक भएको हो । गीतको संगीत समेत लोहनीकै छ । चन्द सिंहको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा ध्रुव दत्ता र श्यालेन हेंडरसनको अभिनय रहेको छ । भिडियो अरुको […]

स्मिता दाहाल र सलोन बस्नेतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ। भिडियोमा सलोन र स्मितासँगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ। सलोन र स्मिताको यस म्युजिक भिडियोमा […]

चलचित्र ‘सेल्फी किङ’ युट्युबमा

नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र हल रिलिजपछि युट्युबमा आएको हो । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ । हास्य कलाकारले एउटा शोमा भोग्नु परेको कथालाई चलचित्रले मुख्य कथानक रुपमका समेटेको छ । निर्देशक दिनेश […]

यी नेपाली जसले गाउन जानेका छन् ६५ देशका राष्ट्रगान

बाग्लुङ । कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किए । विभिन्न देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका उनको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका […]

गायक एसपी बालासुब्रमण्यमको निधन

नयाँदिल्ली । भारतीय चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा चेन्नइको एक अस्पतालमा शुक्रबार निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि बालासुब्रमण्यम गत ५ अगस्टमा अस्पताल भर्ना भएका थिए । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१ मा हिन्दी फिल्ममा गीत गाउन सुरु गरेका थिए । कमल हसन अभिनित […]

यी हुन् बलिउडका सबैभन्दा धनि अभिनेत्री

बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुमा दीपिका पादुकोण र अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम सबैभन्दा अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्माले उत्तिकै कमाई गरिरहेकी छिन् । उनले ‘पाताल लोक’ र ‘बुलबुल’ को प्रोड्युसरको रुपमा काम गरेकी अभिनेत्री शर्माले निकै राम्रो काम गरिरहेकी छिन् । आलिया भट्ट आलिया भट्ट पछिल्लो समय […]

हेटौंडाका गायक अबिराम मोक्तानको ‘हे सानु’ बजारमा (भिडियोसहित)

मकवानपुर । हेटौंडाका गायक अबिराम मोक्तानको ‘हे सानु’ बोलको गीत बजारमा ल्याएका छन् । गायक मोक्तानको उक्त गीत जिग्मे मिडिया युटुव च्यानल मार्फत सोमवार सार्वजनिक गरिएको हो । गायक मोक्तानको आवाजमा समेटिएको सो गीतमा बिश्व दोङको संगीत, अभि लामाको कोरियोग्राफी र दिवेश राइको एरेन्ज रहेको छ । मोक्तानको यसअघि पनि विभिन्न गीत सार्वजनिक भइसकेको छ […]

गायक कमल के क्षेत्रीको नयाँ म्यूजिक भिडियो सार्वजनिक

मकवानपुर । चर्चित गायक कमल के क्षेत्रीको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । ‘तिम्रो मनमा’ बोलको रोमान्टीक लभ पप गीत सोमबार उनकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा उनकै स्वर, शब्द र संगीत रहेको छ भने गीतलाई सैलेन्द्र बाबु प्रधानले एरेन्ज गरेका हुन् । म्यूजिक भिडियोको छायाँकन मकवानपुरका विभिन्न पर्यकटीय क्षेत्रमा गरिएको […]

स्वस्तिकाको ‘कस्ले भन्यो तिमिलाई’ सार्वजनिक

मकवानपुर । हेटौँडाकी स्वस्तिका ढकालको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘‘कसले भन्यो तिमीलाई’ बोलको गीत सोमबार द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको हो । गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा […]

मकवानपुरका संगीतकार जोशीको निधन

मकवानपुर । मकवानपुरका संगीतकार भोला जोशीको निधन भएको छ । जोशीको ८० वर्षको उमेरमा आज अपरान्ह १२ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ सिमेन्टरोडस्थित आफ्नै निवासमै निधन भएको हो । लामो समयदेखि दम र सुगरको रोगबाट पीडित जोशीले संगीत क्षेत्रमा लागेर धेरै वटा अवार्ड समेत प्राप्त गरेका छन् । जोशीले ‘हे मेरा मित्र हो म मरेर […]

राजेश हमालका भाई राकेशको निधन

काठमाडौं । महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । अभिनेता हमालका भाई राकेशको बुधबार दिउसो उपचारको क्रममा निधन भएको हो । कलेजोको समस्या भएका राकेशको भारतको दिल्लीको ह्याम्स अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो । रोकशका एक श्रीमती र दुई सन्तान रहेका छन्। उनको पार्थिव शरीर नेपाल ल्याउने प्रयत्न भईरहेको […]

देश भक्ती गीत “मेरो देश नेपाल” भिडियोसहित सार्बजनिक

नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देश भक्ती गीत “मेरो देश नेपाल” भिडियोसहित सार्बजनिक गरिएको छ । निर्देशक बिधान कार्कीको निर्देशनमा तयार भएको बिपतीले हार मान्छ यहाँ “मेरो देश नेपाल” गीतको भिडियोसहित बुधबार सार्वजनिक भएको हो । गीतमा ख्यातीप्राप्त गायकगायिकाहरु राजेशपाएल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफले, […]

निरु खड्काको कला यात्राको १० रोचक स्मरण

काठमाडौँ । कलाकार निरु खड्कालाई मानिसले यो नामबाट भन्दा पनि अन्य दुई उपनामबाट चिन्दछन् । ती हुन् ‘निर्मली’ र ‘ठ्यास कुमारी’ । यी दुवै नाम उनले हास्यश्रृङ्खला ‘मेरी बास्सै’बाट पाएकी हुन् । यसै टेलिश्रृङ्खलाबाट सर्वत्र चर्चित बन्न सफल उनलाई ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ गीतको म्युजिक भिडियोले भने निर्दयी सौतेनी आमाको रूपमा पनि चिनायो । […]

सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमा निःशुल्क हेर्न पाइने

सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमार्फत् रिलिज हुने भएको छ। डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ। मुकेश चाबराको डेब्यु निर्देशनमा बनेको ‘दिल बेचारा’ जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को रिमेक हो। ‘माया, आशा र असंख्य […]

गायक रमेश श्रेष्ठको नयाँ गित सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित ‘चौबन्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका श्रेष्ठको नयाँ गित ‘चौबन्दी’ आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई अन्जु ढकालले छायांकनले गरेका छन । त्यस्तै, उक्त […]

चर्चित गायक रुपक डोटेलको ‘लगी दे चरी’ बजारमा

काठमाडौं । युवा पुस्ताका चिर्चित गायक रुपक डोटेलले आफ्नो नयाँ लिरिकल भिडियो ‘लगी दे चरी’ सार्वजनिक गरेका छन् । गायक डोटेलको आवाजमा समेटिएको सो गीतमा शब्द र संगीत दीपक शर्माको छ । जीवन सहज बनाउन विदेशिएकाहरुको व्यथा समेटिएको यो गीतलाई गायक डोटेलले आफ्नै आधिकारिक यु ट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । कोरोना संक्रमणका कारण अहिलेको […]

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश आइडलका उपविजेता बनेका हुन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छिन् ।