प्रदेश समाचार

प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध

हेटौँडा, १३ बैशाख । प्रदेश नम्बर ३ को सरकारले आज बिहीबार चालु आर्थिक वर्षको बजेट संसद सचिवालयमा प्रस्तुत गरेको छ । तर बजेट केबल सरकारको लागि मात्र ल्याइएको भन्दै आलोचना समेत भएको छ । आज चालु आर्थिक वर्षमा गरिने खर्च र पूँजीगत बजेट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले संसद सचिवालयमा प्रस्तुत गरेपछि केही […]

प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर

काठमाडौं १२ बैसाख । नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७३र७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ […]

हेटौँडाबाट सार्वजनिक भयो यातायात व्यवसायीको आन्दोलनको तालिका, यस्तो छ देशभरको आन्दोलन

हेटौँडा, १२ बैशाख । सरकारले यातायात क्षेत्रमा गरेको सिण्डिकेटको विरोधमा संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौडाले कार्यतालिका सहित आन्दोलनको तयारी गरेको छ । देशकै संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौँडाले आज व्यवसायी भेला आयोजना गरि सबै क्षेत्रका व्यवसायीलाई एकजुट भई आन्दोलनमा सहभागि हुन समेत आग्रह गरेका छन् । अटो ईरिक्सा देखि टेम्पो सुमो लोकल ढुवानी […]

एमालेसँग आसावादी ३ नम्बर प्रदेश मूख्यमन्त्री पौडेल

हेटौँडा, १२ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को समृद्धिका विषयमा नेकपा एमालेले धेरै छलफल गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा बोल्ने क्रममा मुख्यमन्त्री पौडेलले अरु प्रदेश भन्दा ३ नम्बर प्रदेश अगाडि रहेको भन्दै यो प्रदेशलाई अझ अगाडि बढाउन एमालेले विषेश पहल गर्नेमा […]

हेटौँडामा यातायात व्यवसायीद्वारा यातायात व्यवसायीलाई नै चेतावनी

हेटौँडा, १२ बैशाख । सरकारले यातायात क्षेत्रमा भइरहेको सिण्डीकेटका विरुद्ध कडा कदम चालेपछि आन्दोलनको तयारी गरेको नारायणी यातायात व्यवसायी संघले यातायात व्यवसायीलाई नै चेतावनी दिएका छन् । संघको यहि २१ गते घोषित आन्दोलनको समयमा कुनै व्यवसायीले यातायातको साधन सञ्चालन गरेमा नारायणी यातायात व्यवसायी संघबाट पाउने सबै सेवा नपाउने र दर्ता समेत खारेज गरिने भन्दै संघका […]

न्यूरेनीमा दुर्घटनामा परेका युवकको मृत्यू, चुच्चेखोलामा महिला घाईते

हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा–७ न्यूरेनीमा भएको दुर्घटनामा घाईते भएका युवकको उपचारको क्रममा आज मृत्यू भएको छ । कान्ति लोकपथ अन्तरगत हेटौडा–७ न्यूरेनीमा चौघडाबाट हेटौँडा आउँदै गरेको ना ९ प ८२५७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट गईरहेको ना ७ ख ७९५६ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा हेटौँडा–१ लालझाडीका २५ बर्षीय बालकृष्ण दाहाल घाईते भएका थिए […]

पत्रकारको निर्वाचनमा मकवानपुरका जनप्रतिनिधिहरुले पनि मतदान गर्दै

मकवानपुर १२ बैसाख । नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको आसन्न बैसाख २२ गते हुने निर्वाचनमा मकवानपुरका ३ जना जनप्रतिनिधिहरुले पनि मतदान गर्दै छन् । मकवानपुरका विभिन्न संचार माध्यममा आवद्ध रहेर पत्रकारीता गर्दै आएका उनीहरु स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि बनेका थिए । उनीहरुले पनि मत दिन पाउने विषय अहिले मकवानपुरमा चर्चाको बिषय बनेको छ । […]

पदमपोखरीमा भूमिगत जलश्रोत सिंचाई आयोजना, स्थानीय सरकारको लगानी कुर्दै उपभोक्ता

–चन्द्र घलान हेटौँडा, १२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेस्थित आग्रल टोलमा ‘पान्तले भूमिगत जलश्रोत सिँचाई आयोजना’ को काम धमाधम भइरहेको छ । पान्तले भूमिगत जलश्रोत सिंचाई उपभोक्ता समितिका अध्यक्ष महानन्द सापकोटाका अनुसार भूमिगत जल सिँचाईका लागि ११५ मिटर गहिराईको ईनार खनिसकिएको र पानी समेत निस्की सकेको छ । पदमपोखरीका अधिकांश खेतीयोग्य […]

सुन तस्करी प्रकरण : मकवानपुरका एसपी थुनामा, इटहरीका डिएसपी फरार

-गौरव पोखरेल काठमाडौं, ११ वैशाख । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नं. गणको थुनामा राखेको हो । मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) […]

ईन्द्रसरोवर रनिङ शिल्ड देउराली सेवा समाजको पोल्टामा

-आशबहादुर लामा मकवानपुर, ११ बैशाख । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा भएको प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड फुटबल प्रतियोगिता देउराली सेवा समाजले जितेको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ईन्द्रसरोवर युवा तथा खेलकुद विकास समितिद्वारा अयोजित प्रतियोगिताको आज भएको फाईनल खेलमा लिटल स्टार युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । आज नै भएको […]