पत्र पत्रिका

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटको ठुटाबाट मल बनाउने प्रविधि

काठमाडौं २१ मकवानपुर । चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण […]

प्रदेश सरकारले हेटौंडामा मेडिकल कलेज संचालन गर्ने

मकवानपुर २१ असोज । प्रदेश–३ सरकारले चिकित्सा शिक्षा अध्यापनका लागि मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रदेशमा मेडिकल कलेज सञ्चालनसम्बन्धि विधेयक आफूले प्रदेशसभामा पेश गरिसकेको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । विधेयकमा सबै दल र सांसद्हरुको सहमति रहेकाले सर्वसम्मतिले पारित हुने उनले बताए । मन्त्री दुलालका अनुसार मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् […]

अब निजामती कर्मचारीले दिनहुँ भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने

काठमाडौं १९ असोज । सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ। उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ दिनहुँ लिनु पर्नेछ। यससँगै ८८ हजार निजामती कर्मचारीले बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिने छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]

प्रचण्ड पारिवारिक तनावमा

काठमाडौं १४ असोज । पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ । उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छिन्, सीता । १० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी […]

सिंहदरबारभित्रै पीए कुटिएपछि…

काठमाडौं १४ असोज । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए । मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभि रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले […]

हेटौंडामा पेट्रोलियम पाइपलाइन हुँदै

मकवानपुर १४ असोज । नेपाल–भारत पेट्रोलियम पाइपलाइन थप ६१ किलोमिटर विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको छ । शुक्रबार भएको नेपाल–भारत मन्त्रिस्तरीय छलफलमा भारतको मोतिहारीदेखि मकवानपुरहु“दै चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको हो । मोतिहारीदेखि अमलेखगञ्ज सम्म हाल विस्तार रहेको पाइपलाइन– लाई चितवनसम्म ल्याउन छलफल भएको हो । शुक्रबार उद्योग, […]

दलितसंग बिहे गरेकै आधारमा थुनामा पर्यो यो जोडी

काठमाण्डौं १३ असोज । दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले नौ महिनाकी गर्भवती बुहारी र छोरालाई थुनाएका छन्। कञ्चनरुप–९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप–९ धरमपुरकी १८ वर्षीया कविता रामलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएका हुन्। कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत जनकपुर राजविराज इजलासबाट […]

बलात्कारीलाई फाँसी दिनुपर्छ : गृहमन्त्री थापा

काठमाडौं १३ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका […]

अरिङ्गालले चिलेपछि ७२ वर्षीया मण्डललको मृत्यु

राजविराज ११ असोज । राजविराजको रुपनी गाउँपालिका–२ स्थित पौवा गाउँमा अरिङ्गालको टोकाइबाट ७२ वर्षीया एक बृद्धा फुदनीदेवी मण्डलको मृत्यु भएको छ । बुधबार दिउसो बारीमा तरकारी टिप्न जाँदा अरिङ्गालले टोकेर घाइते भएकी मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएपछि उनलाई तत्कालै स्थानीय युनिक अस्पताल पुर्याइएको थियो । अरिङ्गालको टोकाइबाट फुदनीका ४८ वर्षीय छोरा […]

सरकार ! बिन्ती छ, कलिला फूलहरू जोगाऊ

काठमाडौं ११ असोज । काठमाडौंमा चिसो भित्रिंदै छ। बिस्तारै बिहानीको घाम प्यारो लाग्न थाले पनि राती सुत्नेबेला अझै झुल टाँग्न छाडेकी छैन। गए राती कसो कसो लामखुट्टे झूलभित्र पस्न भ्याएछ। कानमा भुनभुनाएको आवाजले जुरुक्क उठें। देखेँ( छोरीको निधार वरीपरी दुइटा लामखुट्टे नाचिरहेका। मोबाइलको उज्यालोमा खोजीखोजी झटपट दुइटैलाई मारिछाडेँ। एउटा भोकै रहेछ। अर्को टुन्न अघाएको। पक्कै […]

मकवानपुर चेम्बर अफ कर्मश गठन

मकवानपुर ११ असोज । हेटौंडा उद्योगी व्यवसायीले मकवानपुर चेम्बर अफ कर्मश गठन गरेका छन् । बुधबार उद्योगी व्यवसायीहरुको एक समितिले तदर्थ समिति गठन गरेको हो । ६ महिना पछि अधिवेशनबाट कार्यसमिति भयन गरीने व्यवस्था अनुसार तदर्थ समिति गठन गरिएको जनाईएको छ । समितिको अध्यक्षमा विजयकुमार क्षेष्ठ, उपाध्यक्षमा कविन सांगामी , महासचिवमा रविन्द्र घिमिरे, कोषाध्यक्षमा जितेन्द्र […]

निर्मला पन्त हत्या प्रकरण : यसरी भयो पर्दाफास

काठमाडौं ११ असोज । ठूलोबुबाको घरबाट खाना खाएर ८ भदौ राति आफ्नो घर जाने क्रममा १२ वर्षीया बालिकाको रामकरण मण्डल ९खत्वे०ले मुख थुनेर बलात्कार गरेका थिए । घटनाको भोलिपल्ट इलाका प्रहरी कार्यालय खजुरीले बालिकाको स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको थियो । घटनालगत्तै मण्डल फरार थिए । उनलाई प्रहरीले ११ भदौमा पक्राउ गरेको थियो । तर, घटनाको ११ […]

मुआब्जा विवादले मेची पुल निर्माण अवरुद्ध

काठमाडौं ११ असोज । सरकारले मुआब्जा समस्या नटुंग्याउँदा काँकडभिट्टास्थित नेपाल–भारत सीमा मेची नदीमा पुल निर्माण अवरुद्ध भएको छ । भारततिर पर्ने भागमा भने निर्माण भइरहेको छ । पुलमा सडक जोड्न नेपाली भूभागमा पर्ने बस्ती मेचीडाँडा हटाउनुपर्छ । तर, सरकारले बस्ती हटाउन स्थानीयलाई मुआब्जा वा क्षतिपूर्ति दिने निर्णय नगर्दा काम अवरुद्ध भएको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बताए । सो […]

निर्मला पन्त हत्या प्रकरण : दुई डाक्टरलाई कारबाही सिफारिस

काठमाडौं ११ असोज । बालिका बलात्कारमा गलत रिपोर्ट दिने दुई डाक्टरलाई धनुषाको जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले कारबाही सिफारिस गरेका छन् । ती डाक्टरले बलात्कार नै नभएको रिपोर्ट दिएका थिए । जनकपुर अञ्चल अस्पतालका डा। विजयकुमार सिंह र डा.रम्भा गोइतलाई कारबाही सिफारिस गरिएको हो । उनीहरूलाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र गृह मन्त्रालयमा […]

काठमाडौंबाट हराएका मोटरसाइकल हेटौंडामा पक्रदैं बुझाउँदै

हेटौंडा १० असोज । हेटौंडाबाट प्रकाशित हुने हेटौंडा सन्देश राष्ट्रिय दैनिकले आज काडमाण्डौबाट मोटरसाईकल हराउने हेटौंडामा प्रहरीले पक्रदैं बुझाउँदै शिर्षकको समाचार छापेको छ । बुढानिलकण्ठ नगरपालिका १० कपनबाट टंकनाथ घिमिरेको मोटरसाईकल हरायो । उनी आफ्नो मोटरसाईकल हराएको सुचना दिन ट्राफिक महासाखा पुगे । बेलुका एकछिन खाजा खान जादाँ पार्किङमा राखिएको मोटरसाईकल हरायो । उनको मोटरसाईकल […]

बिस्कुट किन्न हिँडेकी १० वर्षीया बालिका मृत फेला

पोखरा १० असोज । पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी छिन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन् । घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी […]

निर्मला बलात्कार हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन

काडमाडौं १० असोज । निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा प्रहरीका कमजोरी औंल्याइएको स्रोतले जनाएको छ। प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रूप लिएको उल्लेख छ। […]

६ महिनामा ७ पटक विद्यालय बन्द

काठमाडौं ८ असोज । यो वर्ष सातौंपटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । बन्दको कारण अधिकांश शिक्षालयको पढाइ चौपट भयो । नेकपा विप्लबले हिजो आइतबार उपत्यका बन्द गर्दा लाखौं विद्यार्थीको पठनपाठनमा असर प¥यो । उपत्यका बन्दको प्रभाव अन्य क्षेत्रमा नपरे पनि […]

निर्मला हत्या प्रकरणमा प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही

काठमाडौ ८ असोजं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो। समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । […]

सरकारी अस्पतालभित्र अझै निजी फार्मेसी

मकवानपुर ५ असोज । बार जिल्ला अस्पताल, कलैयाको सटरमा गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । अस्पतालको मूख्य प्रवेशद्धारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् । सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र […]