मकवानपुरगढी गाउँपालिका

पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड

बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ । उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो गर्न थालेका छन् । बुधबार हेटौंडामा […]

जनता माबिका १२ जना बिद्यार्थीलाई बिद्यालय पोषाक सहयोग

मकवानपुर ३१ असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ सुकौरास्थित जनता मा बिका १२ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क बिद्यालय पोषाक वितरण गरीएको छ । हेटौंडा १७ हटिया घर भई हाल वेलायत निवासी केशव रुपाखेतीको सहयोगमा उक्त पोषाक बिद्यार्थीहरुलाई हस्तान्तरण गरीएको बिद्यालयका शिक्षक होम नेपालीले जानकारी दिए । बिद्यार्थीहरुलाई पोषाक वितरण रुपाखेतीका दाजु एवं कार्यक्रमका […]

मकवानपुरको जनतामा माबिमा विषयगत हाजिरि जवाफ प्रतियोगिता

मकवानपुर २२ असार । मकवानपुरको जनतामा माबिमा आज विषयगत हाजिरि जवाफ प्रतियोगितामा संचालन गरीएको छ । प्रतियोगितामा अञ्जु रुम्बा र रबिन्द्र रम्बाको समुह प्रथम भएका छन् । त्यसैगरी मनिस स्याङतान र सुश्रीता थिङको समुह दोस्रो अनि मिलन स्याङतान र सुनिता लोको समुह तेस्रो भएको विषय शिक्षक होमबहादुर नेपालीले जानकारी दिएका छन् । आज भएको कार्यक्रममा […]

मकवानपुरगढीको सबै वडामा बाल क्लब गठन

मकवानपुर, २० असार । मकवानपुरगढी गाउँपालिकाको आठै वटा वडामा वडास्तरीय बाल क्लब गठन गरिएको छ । मध्यस्थता नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा बालक्लब बारे प्रशिक्षण सहित क्लब गठन गरिएको मध्यस्थता नेपालका अध्यक्ष शिवप्रसाद चौँलागाईले बताए । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ मा मीना स्याङ्तानको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति रहेको बाल क्लब गठन […]

मकवानपुरगढीमा भुकम्प प्रभावित परिवारलाई सहयोग कार्यक्रम सफल

मकवानपुर, १४ असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ‘भुकम्प प्रभावित परिवारलाई सहयोग कार्यक्रम’ परियोजना सफल भएको लाभान्वितहरुले प्रतिक्रिया दिएका छन् । Stromme Foundation को आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) द्वारा संचालित उक्त कार्यक्रमको प्रगति प्रस्तुतिका क्रममा सहभागी तथा लाभान्वित परिवारले कार्यक्रम सफल भएको प्रतिक्रिया दिएका हुन् । कार्यक्रम मकवानपुरगढी ५ मा भएको थियो । […]

ठेकेदारको चरम लापरवाही, मकवानपुरगढीको बाटो भताभुङ्ग

मकवानपुर, ११ असार । मकवानपुरको सदरमुकाम हेटौँडादेखि मकवानपुरगढी गाउँपालिकासम्म जाने प्रवेशद्वारको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको रुद्रेश्वर मन्दीर नजिकैको बाटो निकै नै नाजुक अवस्थामा छ । मकवानपुरगढीबाट आउने सर्वसाधारण बजार आईपुग्दा हिलाम्मे सडकमा सवारी साधन सहित पटक पटक पल्टिएकोले आफुहरु बजार आईपुग्दा बाउसे गरेर आएको जस्तै भएको भन्दै गुनासो गर्न थालेका […]

मकवानपुरगढी गाउँपालिकाको तेस्रो गाउँसभाले गर्यो ३९ करोड ८८ लाख १३ हजारको बजेट विनियोजन

मकवानपुर ११ असार । मकवानपुरगढी गाउँपालिकाको तेस्रो गाउँसभाले ३९ करोड ८८ लाख १३ हजारको बजेट विभिन्न शिर्षकमा विनियोजन गरेको छ । हिजो भएको तेस्रो गाउँसभाको कार्यक्रममा उक्त रकमको बजेट विनियोजन गरीएको हो । साथै आर्थिक विद्येयक २०७५ समेत पारित गरीएको छ । गाउँपालिकाको पर्यटन विकास ,उद्योग , संञ्चार स्वरोजगार लगाएतको विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन […]

युवा सरोकारको अभियानमा मकवानपुरका महिला अभियन्ताको यस्तो प्रतिबद्धता

मकवानपुर ७ असार । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरगढी गाउँपालिकाका २५ जना युवा महिला अभियन्ता तयार भएका छन् । कन्र्सोटियम नेपालको आयोजना, बाल कल्याण समाज मकवानपुरको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्थानीय समुदायमा बालबालिका तथा युवा सवालमा केन्द्रित भएर सामाजिक अभियानमा क्रियाशील हुनका लागि सघाउ पु¥याउन दुई […]

खाडि र मलेसिया जाने नेपालीले डाउनलोड गर्नैपर्ने एप ‘प्रवासीको साथ’, यस्ता छन् विशेषता

मकवानपुर ०६ असार । रोजागारीको सिलसिलामा खाडि मुलुक र मलेसियामा जाने नेपालीहरुको लागि ‘प्रवासीको साथ’ नामक मोवाईल एप्लिकेशन अहिले निकै नै प्रभावकारी बन्दै गएको छ । रोगजारीको लागि विदेश जानु अघि के कस्ता तयारीहरु गर्ने, प्रस्थान गर्नुअधि के गर्ने अनि विदेशमा रहँदाको अवस्थामा हरहिसाव राख्न सहज पार्नेे यो एप्लिकेशनले हाल रोजगारीमा जान चाहाने युवाहरुको मन […]

मकवानपुर प्रहरीमाथि जनताको आक्रोश–‘हाम्रो रगत, पसिना नष्ट गरेर के पायौ ?’

मकवानपुर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी लोकेन्द्र श्रेष्ठको आगमन भएसँगै मकवानपुरे जनताको आक्रोश बढ्दै गएको छ । तुलनात्मक रुपमा केही सही काम गरेको भए पनि उनको टोलीले जानकारी र सूचना नै नदिई मकवानपुरे जनताले नजानीकन गरेको गल्तीमा समेत सच्चिने मौका नदिएको आरोप लागेको छ । एसपी श्रेष्ठले लागुऔषध […]