बकैया गाउँपालिका

वडा कपको फाइनलमा जुनेली बस्ती र जुइना

मकवानपुर २९ असोज । बकैया गाउँपालिकाको जुइनामा भैरहेको प्रथम वडा गोल्ड कप प्रतियोगिताको फाइनलमा जुनेली बस्ती एफसि र जुइना एफसि पुगेका छ्न् । प्रतियोगिता २० गतेबाट सुरु भएको हो । साविक छतिवन गाविस वडा न ९ हाल बकैयाको ६ नम्बर वडाले गरेको प्रतियोगितामा ६ नम्बर वडाको दुर्गम ज्यामिरे,गड्वान, गवरस्थानका युवा टोलि समेत सहभागी थिए । […]

बकैयामा वडा गोल्ड कपको उद्घाटन, उद्घाटन खेलमा भगत माझिको ह्याट्रिक

मकवानपुर ,२० असोज । बकैया गाउँपालिकाको जुइनामा आजदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । आज उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४ /० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ […]

अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख

मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो । आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र जिल्ला युवा समिति अध्यक्ष सन्तोष […]

ज्यामिरेमा गाजा खेती निर्मुल गर्न पालिकाको अभियान

यादव चौलागाईं मकवानपुर ७ असोज । बकैया गाउँपालिकाको गाजा खेती हुने भनेर प्रचारित ज्यामिरे स्थित मोरङ धापमा गाजा खेती नगर्न स्थानियलाइ आग्रह गरिएको छ । बकैया गाउँपालिका वडा ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको अगुवाइमा बकैयाको ज्यामिरे पुगेर स्थानीयलाई गाजा खेती नगर्न आग्रह गरेका थिए । भोम्जनले पालिकाले गाजा खेती निर्मुल पार्न बिशेश कार्यक्रम राखेर […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

हेटौंडामा २५ मिटर सडक विस्तार प्रकरण : मुख्यमन्त्री पौडेलनै बाधक

बलराम पुडासैनी मकवानपुर १ असोज । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटर सडक विस्तारको विषयमा मुख्यमन्त्री डोरमणी पौडेलनै बाधकको रुपमा देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हेटौंडाको समग्र विकासमा जोड दिन्छु भन्दै जनतालाई आफ्नो पक्षमा पारी चुनाव जितेका पौडेलसंग अहिले प्रदेशका सम्पुर्ण जिल्लाको विकासका कार्यक्रम त कता हो कता हेटौंडाकै विकासको समेत भिजन […]

नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको लुछाचुडीको कारण कसले नेतृत्व गर्ने भन्ने […]

नेपाल आइडलको उत्कृष्ट २० मा मकवानपुरका ढकाल र खत्री

मकवानपुर २३ भदौ । नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा मकवानपुरका २ जना छनोट भएका छन् । उत्कृष्ट २० मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ निवासी २१ बर्षिया स्वस्तिका ढकाल र थाहा नगरपालिका निवासी २१ बर्षिय दीपराज खत्री रहेका छन् । गायनको ठुलो मञ्च नेपाल आइडलमा अहिले ढकाल र खत्रीले मकवानपुको प्रनितिधित्व गर्दै सांगीतिक […]

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय समिति क्रियाशील र प्रभावकारी हुन सकेको […]

हेटौंडामा विजुली झ्याप्प, झ्याप्प जानथालेपछि,यसो भन्नैपर्ने भो – सिडिओ साहेब सुधार्न आँट गर्ने हो ?

बलराम पुडासैनी मकवानपुर ७ भदौ । मुलुकमा लोडसेडिङ अन्त्य भएसंगै विजुलीको समस्या हट्ला अनि उज्यालोमा बस्न पाईएला भनेर मख्ख परेका मकवानपुरका सर्वसाधारण आजभोली दैनिक १७ पटकसम्म विजुली जानेआउने गर्न थालेपछि वाक्कै भएका छन् । प्रदेशको राजधानी हेटौंडामा समेत यसरी विजुली झ्याप्प झ्याप्प आउने जाने गर्छ तर जिम्मेवार निकाय भने बेखबर भएको जस्तै मौन देखिन्छ । […]

मकवानपुरको बकैया गाउँपालिकामा सर्भ परियोजना आरम्भ

मकवानपुर ७ भदौ । मकवानपुरको बकैया गाउँपालिकामा भूकम्प प्रभावित सङ्कटासन्न घरहरुको पुनस्थापनाका लागि परियोजना आरम्भ गरिएको छ । बालकल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा गाउँपालिकाको १२ वटै वडामा ‘भूकम्प प्रभावित सङकटासन्न घरहरुको पुनस्थापना (सर्भ प्रोजेक्ट) सुभारम्भ गरिएको हो । बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा अगस्ट २०१८ देखि जुन २०१९ सम्म एघार महिना सञ्चालन गरिने सर्भ परियाजनामार्फत […]

नेकपा मकवानपुरको सचिवमा विष्णु विष्ट पक्का , अध्यक्षमा श्रीधर पोखरेलको संभावना बलियो

मकवानपुर ५ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अध्यक्ष र सचिव को हुने भन्ने विषय अहिले चर्चा छ । प्रदेशबाट २ जनाको नामावली सिफारीस पनि भईसकेको छ । तर उनीहरुलेनै नेकपा मकवानपुरको नेतृत्व गर्ने भनेर पक्का भने भईसकेको छैन । नेकपा मकवानपुरको अध्यक्षमा एमालेबाट बद्री लम्साल र माओवादी केन्द्र सचिवका […]

दुषित पानी बेच्न पल्केका हेटौंडाका “माई चोईस”,“आक्वा टाईम” र “अमृत जल” नामक पानी उत्पादक कम्पनीमा मकवानपुर प्रशासनले लगायो शिल

मकवानपुर ३ भदौ । शुद्ध र प्रशोधित पिउने पानी भन्दै उपभोत्तासंग चर्को मुल्य असुल्ने अनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पल्केका हेटौंडाका ३ वटा पानी उत्पादक कम्पनीलाई मकवानपुरको प्रशासनले शिल गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्का अनुसार मकवानपुरका ३ वटा पानी उत्पादक कम्पनीहरु क्रमश मकवानपुर वेवरेज, शुभ वेवरेज, र नेचुरल वेवरेजको कम्पनीमा आज […]

तामाङ सञ्चारमा योगदान पुराएका पुर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुरले सम्मान गर्ने

हेटौँडा, ३० साउन । मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले सम्मान गर्ने भएको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गर्न लागिएको हो । तामाङ पत्रकार […]

माओवादी मकवानपुरमा डामाडोल, विष्टलाई नेकपा जिल्ला सचिव बनाउने चलखेल

हेटौँडा, २९ साउन । केन्द्रमा एकता भएसँगै प्रदेश र जिल्ला तहमा समेत एकताको लागि जुटेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा जिल्लागत एकताका सवालमा डामाडोल अवस्था देखिएको छ । तु खबरलाई प्राप्त पछिल्लो जानकारी अनुसार तत्कालिन माओवादी केन्द्र मकवानपुरबाट विष्णु विष्ट आदर्शलाई नेकपा जिल्ला सचिव बनाउने एलौटी समझदारी भएको छ । एक सचिवालय सदस्यका अनुसार माओवादी […]

मेयर महत भन्छन्  : ‘नो पार्किङ’को विषयमा सहमति भएको छैन, आखिर किन गलत सुचना बाँडदै छ मउवा संघ ?

बलराम पुडासैनी मकवानपुर २८ साउन । हेटौंडा उपमहानगरपालिकामा सवारी व्यवस्थापनमा समस्या देखिन थाल्यो, जसका कारण बजारका मुख्य रोडहरुमा ‘नो पार्किङ’ लागु गर्ने विषय उठेसंगै हेटौंडाका व्यवसायीहरुले यस विषयमा असहमति जनाउँन थाले । ‘नो पार्किङ’ लागु भएपछि भएपछि आफ्ना सवारी साधन कहाँ रोक्ने अनि ग्राहकले सवारी कहाँ रोकेर सामान खरिदविक्रि गर्ने ? व्यवसायीमा चिन्ता थपियो । […]

नो पार्किङको विषयमा आन्दोलन होईन छलफलबाटै समाधान गर्नुपर्छ : महेन्द्र राउत

मकवानपुर २७ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले अहिले ‘नो पार्किङ’को विषयमा व्यवसायीलाई नै मर्का पर्नेगरी मउवा संघले आन्दोलन गर्नुको कुनै औचिच्य नभएको बताए । व्यवसायीहरुको संगठन मउवा संघले व्यवसायीकै पसलको चावी जवजस्ती खोस्दै नगरपालिकामा बुझाउने तयारी गर्नु अस्वभाविक भएको उनको भनाई छ । मउवा संघले व्यवसायीलाई आर्थिक समृद्धीतर्फ डोर्याउन लाग्नुपर्ने अवस्थामा […]

मकवानपुरबाट बेचिए २२ युवती, विवाहको बहानामा कोठीमा बास

हेटौँडा, २७ साउन । मकवानपुरमा गएको ३ वर्षमा २२ जना युवतीहरु बेचबिखनमा परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्मको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसार मुद्धमा २२ जना युवती पिडीत रहेको आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ । मुद्धामा रहेका मध्ये प्रलोभनमा पारिएको ३, आर्थिक प्रलोभनमा ९, विवाह […]

नेकपा मकवानपुरको सचिव तत्कालिन माओवादी केन्द्रबाट हुने, को को छन् आकाँक्षी ?

मकवानपुर २७ साउन । नेकपा मकवानपुरको सचिवमा तत्कालिन नेकपा माओवादीबाट नेतृत्व गर्ने नेकपाको आन्तरीक छलफल भए अनुसार माओवादी केन्द्रको कार्यदल बैठक हिजो शनिबार बसेको छ । बैठकमा कुनै ठोस निणर्य नभएपनि सचिव पदका लागि ३ जनाको विषयमा आन्तरीक छलफल भएको बैठकमा सम्मिलित एक नेताले तु खबरलाई जानकारी दिए । बैठकमा क्रमश तत्कालिन माओवादी केन्द्रका प्रकाश […]