कैलाश गाउँपालिका

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको लुछाचुडीको कारण कसले नेतृत्व गर्ने भन्ने […]

नेपाल आइडलको उत्कृष्ट २० मा मकवानपुरका ढकाल र खत्री

मकवानपुर २३ भदौ । नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा मकवानपुरका २ जना छनोट भएका छन् । उत्कृष्ट २० मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ निवासी २१ बर्षिया स्वस्तिका ढकाल र थाहा नगरपालिका निवासी २१ बर्षिय दीपराज खत्री रहेका छन् । गायनको ठुलो मञ्च नेपाल आइडलमा अहिले ढकाल र खत्रीले मकवानपुको प्रनितिधित्व गर्दै सांगीतिक […]

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय समिति क्रियाशील र प्रभावकारी हुन सकेको […]

कैलाश गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्छौं : विद्यार्थी

मकवानपुर १३ भदौ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ मा रहेको भवानी माविमा गणित विषयका शिक्षक नभएको ढेढ बर्ष बित्यो । गणित विषयको शिक्षक विद्यालयमा नहुँदा समेत विद्यालय व्यवस्थापन समिति किन चुपो लागेर बस्यो ? स्थानीयहरुले गुनासो गर्न थालेका छन् । त्यसोत विद्यालय व्यवस्थापन समितिले कैलाश गाउँपालिकासंग रिक्त गणित विषयको शिक्षक पदपुर्तीका लागि पटक […]

कैलाश गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी

मकवानपुर १२ भदौ । मकवानपुरको कैलाश गाउँपालिका १ नम्बर वडामा तालाबन्दी गरिएको छ । वडा अध्यक्षले मनलाग्दी गरेको र नागरिकको गुनासो नसुनेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा अध्यक्ष पेमा योञ्जनले गाउँपालिकाको बजेटमा समानुपातिक र न्यायोचित वितरण नगरेको लगायतको आरोप लगाई स्थानीयले तालाबन्दी गरेका हुन् । आजको प्रदेश दैनिकमा समाचार छ ।

मकवानपुरको कैलाश गाउँपालिकामा बजेट विवाद,

मकवानपुर १२ भदौं । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट विनियोजनमा विवाद उत्पन्न भएको छ । साउन ३० गतेभित्र गर्ने भनिएको गाउँसभा कोरम नपुगेको भन्दै स्थिगित भएको थियो । गाउँसभा स्तगितसंगै बजेट विनियोजमा एकलौटी गरीएको भन्दै गाउँपालिकाबीच विवाद भएको हो । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीच योजना छनौटमा विवाद हुँदा गाउँपरिषद सम्पन्न गर्न कठिनाई भएको छ । […]

हेटौंडामा विजुली झ्याप्प, झ्याप्प जानथालेपछि,यसो भन्नैपर्ने भो – सिडिओ साहेब सुधार्न आँट गर्ने हो ?

बलराम पुडासैनी मकवानपुर ७ भदौ । मुलुकमा लोडसेडिङ अन्त्य भएसंगै विजुलीको समस्या हट्ला अनि उज्यालोमा बस्न पाईएला भनेर मख्ख परेका मकवानपुरका सर्वसाधारण आजभोली दैनिक १७ पटकसम्म विजुली जानेआउने गर्न थालेपछि वाक्कै भएका छन् । प्रदेशको राजधानी हेटौंडामा समेत यसरी विजुली झ्याप्प झ्याप्प आउने जाने गर्छ तर जिम्मेवार निकाय भने बेखबर भएको जस्तै मौन देखिन्छ । […]

नेकपा मकवानपुरको सचिवमा विष्णु विष्ट पक्का , अध्यक्षमा श्रीधर पोखरेलको संभावना बलियो

मकवानपुर ५ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अध्यक्ष र सचिव को हुने भन्ने विषय अहिले चर्चा छ । प्रदेशबाट २ जनाको नामावली सिफारीस पनि भईसकेको छ । तर उनीहरुलेनै नेकपा मकवानपुरको नेतृत्व गर्ने भनेर पक्का भने भईसकेको छैन । नेकपा मकवानपुरको अध्यक्षमा एमालेबाट बद्री लम्साल र माओवादी केन्द्र सचिवका […]

दुषित पानी बेच्न पल्केका हेटौंडाका “माई चोईस”,“आक्वा टाईम” र “अमृत जल” नामक पानी उत्पादक कम्पनीमा मकवानपुर प्रशासनले लगायो शिल

मकवानपुर ३ भदौ । शुद्ध र प्रशोधित पिउने पानी भन्दै उपभोत्तासंग चर्को मुल्य असुल्ने अनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पल्केका हेटौंडाका ३ वटा पानी उत्पादक कम्पनीलाई मकवानपुरको प्रशासनले शिल गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्का अनुसार मकवानपुरका ३ वटा पानी उत्पादक कम्पनीहरु क्रमश मकवानपुर वेवरेज, शुभ वेवरेज, र नेचुरल वेवरेजको कम्पनीमा आज […]

तामाङ सञ्चारमा योगदान पुराएका पुर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुरले सम्मान गर्ने

हेटौँडा, ३० साउन । मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले सम्मान गर्ने भएको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गर्न लागिएको हो । तामाङ पत्रकार […]

माओवादी मकवानपुरमा डामाडोल, विष्टलाई नेकपा जिल्ला सचिव बनाउने चलखेल

हेटौँडा, २९ साउन । केन्द्रमा एकता भएसँगै प्रदेश र जिल्ला तहमा समेत एकताको लागि जुटेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा जिल्लागत एकताका सवालमा डामाडोल अवस्था देखिएको छ । तु खबरलाई प्राप्त पछिल्लो जानकारी अनुसार तत्कालिन माओवादी केन्द्र मकवानपुरबाट विष्णु विष्ट आदर्शलाई नेकपा जिल्ला सचिव बनाउने एलौटी समझदारी भएको छ । एक सचिवालय सदस्यका अनुसार माओवादी […]

मेयर महत भन्छन्  : ‘नो पार्किङ’को विषयमा सहमति भएको छैन, आखिर किन गलत सुचना बाँडदै छ मउवा संघ ?

बलराम पुडासैनी मकवानपुर २८ साउन । हेटौंडा उपमहानगरपालिकामा सवारी व्यवस्थापनमा समस्या देखिन थाल्यो, जसका कारण बजारका मुख्य रोडहरुमा ‘नो पार्किङ’ लागु गर्ने विषय उठेसंगै हेटौंडाका व्यवसायीहरुले यस विषयमा असहमति जनाउँन थाले । ‘नो पार्किङ’ लागु भएपछि भएपछि आफ्ना सवारी साधन कहाँ रोक्ने अनि ग्राहकले सवारी कहाँ रोकेर सामान खरिदविक्रि गर्ने ? व्यवसायीमा चिन्ता थपियो । […]

नो पार्किङको विषयमा आन्दोलन होईन छलफलबाटै समाधान गर्नुपर्छ : महेन्द्र राउत

मकवानपुर २७ साउन । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउतले अहिले ‘नो पार्किङ’को विषयमा व्यवसायीलाई नै मर्का पर्नेगरी मउवा संघले आन्दोलन गर्नुको कुनै औचिच्य नभएको बताए । व्यवसायीहरुको संगठन मउवा संघले व्यवसायीकै पसलको चावी जवजस्ती खोस्दै नगरपालिकामा बुझाउने तयारी गर्नु अस्वभाविक भएको उनको भनाई छ । मउवा संघले व्यवसायीलाई आर्थिक समृद्धीतर्फ डोर्याउन लाग्नुपर्ने अवस्थामा […]

मकवानपुरबाट बेचिए २२ युवती, विवाहको बहानामा कोठीमा बास

हेटौँडा, २७ साउन । मकवानपुरमा गएको ३ वर्षमा २२ जना युवतीहरु बेचबिखनमा परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्मको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसार मुद्धमा २२ जना युवती पिडीत रहेको आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ । मुद्धामा रहेका मध्ये प्रलोभनमा पारिएको ३, आर्थिक प्रलोभनमा ९, विवाह […]

नेकपा मकवानपुरको सचिव तत्कालिन माओवादी केन्द्रबाट हुने, को को छन् आकाँक्षी ?

मकवानपुर २७ साउन । नेकपा मकवानपुरको सचिवमा तत्कालिन नेकपा माओवादीबाट नेतृत्व गर्ने नेकपाको आन्तरीक छलफल भए अनुसार माओवादी केन्द्रको कार्यदल बैठक हिजो शनिबार बसेको छ । बैठकमा कुनै ठोस निणर्य नभएपनि सचिव पदका लागि ३ जनाको विषयमा आन्तरीक छलफल भएको बैठकमा सम्मिलित एक नेताले तु खबरलाई जानकारी दिए । बैठकमा क्रमश तत्कालिन माओवादी केन्द्रका प्रकाश […]

मकवानपुरमा ४ उद्योगका प्रशोधित पानी दुषित भएको प्रमाणित, मन्त्रीले दिए बन्द गर्ने चेतावनी

हेटौँडा, २६ साउन । मकवानपुरका विभिन्न स्थानमा सञ्चालित ४ वटा पानी प्रशोधन कम्पनीहरुले उत्पादन गरेको पानी दुषित भएको प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार मकवानपुरका शुभ बेभरेज, नेचुरल बेभरेज, अमर पानी, मकवानपुर बेभरेजबाट प्रशोधित पानी दुषित रहेको भेटिइएको छ । विभागले नेपालभरिका विभिन्न ४१ उद्योगबाट प्रशोधित बोत्तल तथा जारको पानी […]

यस्तो भएको थियो तत्कालिन एमालेको सचिवालय बैठकमा

हेटौँडा, २५ साउन ।  बिहीबार बसेको तत्कालिन नेकपा एमालेको सचिवालय बैठकले तत्कालिन एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, श्रीधर पोखरेल, बद्री लम्साल र एकलाल श्रेष्ठलाई सिफारिस गर्ने गोप्य सहमतिको खुलासा भएको थियो । तर,  यसै समयमा पार्टी केन्द्रले प्रदेश सांसदहरुले जिल्लाको नेतृत्व गर्न नपाउने निर्णय गरेसँगै एमालेका तत्कालिन जिल्ला अध्यक्ष तथा सांसद सिग्देलले आफ्नो दाबीबाट पछि हट्नुपर्ने […]

मकवानपुरको २४ वटा पत्रिका बर्गीकरणमा, हेटौंडा सन्देश क्षेत्रिय स्तरको ‘क’ बर्गमा

मकवानपुर २५ साउन । प्रेस काउन्सील नेपालले पत्रपत्रिकाको बर्गीकरण नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मकवानपुरका ५ वटा दैनिक पत्रिका बर्गीकरणमा परेका छन् । क्रमश मकवानपुरमा लामोसमयदेखि संचालनमा आएको हेटौंडा सन्देश राष्ट्रिय दैनिक क्षेत्रिय स्तरको ‘क’ बर्गमा, साझाकुरा राष्ट्रिय दैनिक स्थानीय स्तरको ‘क’ बर्गमा, समृद्ध समाज राष्ट्रिय दैनिक स्थानीय स्तरको ‘ग’ बर्गमा, प्रदेश दैनिक […]