धुर्मुुस–सुन्तली फाउण्डेसनलाई बागमती प्रदेश सरकारद्वारा ३ करोड रकम
मकवानपुर । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा भएको एक कार्यक्रमबी मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गर्दै रंगशाला निर्माणतीब्र गतीमा भएको भन्दै खुशी गरे । उनले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना समेत दिए ।
रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको र सरकारले सहयोग जारी राख्ने बताउँदै उनले भने –‘आगामी बर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’
यस्तै कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री युवराज दुलाल रंगशालामा निर्माणको लागि फेरी पनि सरकारका तर्फबाट सहयोग हुने बताए । परीकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न सुझाव दिए ।
यसैगरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए ।
उनले रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी पनि दिए । सहयोगी मनहरुले सहयोग गरीरहेको भएपनि लकडाउनले परिस्थिति जटिल बनाएको स्मरण गर्दैउनले भने–‘अवस्था समस्याजनक छ तरपनी काम गर्दै छौं, बजारमा ७ करोड तिर्न बाकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं ।’
कार्यक्रममा प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक बिकास मन्त्रालयका सचिव दीपक काफ्ले सहभागी रहेको थियो ।