मेरो शेयरबाट आइपिओमा आवेदन दिँदा पिन कोड प्रयोग हुने

तु खबर संवाददाता
२०७७ आश्विन ४,आईतवार १७:५०

मेरो शेयरमार्फत् प्राथमिक शेयरमा आवेदन दिँदा पिन कोड सेट गर्नुपर्ने भएको छ। सिडिएससी एण्ड क्लियरिङले मेरो शेयरको सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले माई आस्वा मार्फत् आवेदन दिँदा फोर डिजिटको पिन कोड प्रयोग गर्न लगानीकर्तालाई अनुरोध गरेको हो।

यसभन्दा अगाडि माइ आस्वामार्फत् प्राथमिक शेयरमा आवेदन दिँदा वन टाइम पासवर्ड ओटिपी को व्यवस्था थियो। तर यसमा पूर्ण सुरक्षा नदेखिएपछि सिडिएससीले मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पिन कोड सेट गर्नुपर्ने व्यवस्था गरेको हो।

प्रणालीमा नयाँ व्यवस्था गरिएसँगै सार्वजनिक निष्काशन भएका ‍धितोपत्रको खरिद आवेदन दिँदा अनिवार्य रुपमा पिन कोड प्रयोग गर्नुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*