मकवानपुरका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरका थप ४५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा मंगलवार गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।
उनका अनुसार उक्त प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना महिला र ३२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेर्नुहोस् विवरण ।