चुनाव जित्नु ठूलो कुरा होईन जनताले पत्याउनु ठूलो कुरो हो –निम टोल्मा (भिडियो सहित)

हेटौंडा , २७ बैशाख । जनजागरण पार्टी नेपालका तर्फबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार निम टोल्मा आचार्यले चुनाव जित्नु ठूलो कुरा नभएको तर आफुलाई जनताले पत्याउनु ठूलो कुरा भएको बताएकी छिन् ।

जनजागरण पार्टी नेपालले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै आफुलाई जनताले विश्वास गरेर सहयोग गरेमा जनताको सेवा गर्ने बताईन् । उनले हेटौंडा नगरलाई स्मार्ट सिटी बनाउने, हेटौंडालाई पूर्ण रुपमा लोडसेडिङमुक्त गर्न पहल गर्ने लगायतका आफ्ना एजेण्डाहरु राख्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरिन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय कोषाध्यक्ष विरबहादुर तामाङले आफुहरुको पार्टी जित्नकोलागि भन्दा पनि सेवाको भावले स्थापना भएको र निर्वाचनमा सहभागी समेत भएको बताए । पार्टीले १० वर्षभित्रमा जातीय युद्ध र धार्मिक युद्धको अन्त्य गर्दै सुन्दर समृद्ध र शान्त नेपाल बनाउने लक्ष्य राखेको उनले बताए । उनले कर्मचारीतन्त्रको अन्त्य गर्न पनि पार्टी लागिपर्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव बि.पी. खनाल, केन्द्रीय कोषाध्यक्ष तामाङ, सदस्य रीना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

You might also like