मकवानपुरका संगीतकार जोशीको निधन
मकवानपुर । मकवानपुरका संगीतकार भोला जोशीको निधन भएको छ । जोशीको ८० वर्षको उमेरमा आज अपरान्ह १२ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ सिमेन्टरोडस्थित आफ्नै निवासमै निधन भएको हो ।
लामो समयदेखि दम र सुगरको रोगबाट पीडित जोशीले संगीत क्षेत्रमा लागेर धेरै वटा अवार्ड समेत प्राप्त गरेका छन् ।
जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संंगीत भरेका छन् ।
जोशीको आजै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ ।