बागमती प्रदेश सभाको बैठकबाट २ वटा विधेयक पारित

बलराम पुडासैनी
२०७७ असार १९,शुक्रबार १६:१९

मकवानपुर । बागमती प्रदेश सभाको आज शुक्रबार बसेको बैठकले २ वटा विधेयक पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आजको बैठकले सरकारद्वारा आगामी आर्थिक वर्ष ०७७/७८ को लागि प्रस्तुत गरिएको विनियोजन विधेयक २०७७ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले  दुबै विधेयक पारित गरियोस् भनी टेबुल गरेका थिए ।

खर्च कटौतीको प्रस्ताव अस्वीकृत

खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेश सभाका सदस्यहरु रमेश पौडेल, सुरेन्द्रराज गोर्साँई, जीवन डंगोल, रीना गुरुङ्, सृजना सैँजु, प्रभात तामाङ र रजनी अमात्यले विभिन्न मन्त्रालयको विनियोजित बजेटमा खर्च कटौतीको गरियोस् भनी पस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको हो ।

नीति योजना आयोगलाई छाँयामा पारेको आरोप

सत्तारुढ दल र विपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रदेश नीति योजना आयोगलाई सरकारले बाइपास गरेको आरोप लगाएका छन् । प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले नै सो आयोजनाको सक्रिय भूमिकानै आफुले निर्वाह गरेको भन्दै आरोप लगाएका हुन् ।

आर्थिक मन्त्रालयले बजेटको बाँडफाँड, योजनाको प्रोफाइल र प्रोजेक्ट बैँकको भूमिकालाई निस्कृय तुल्याउँदै आयोगको भूमिका छायाँमा पारेको सांसदहरुले आरोप लगाए ।

अर्थमन्त्रीले बजेट सार्वजनिक पुस्तकको प्रकाशन, योजना प्रोफाइलको भूमिका आफ्नै मन्त्रालयले निर्वाह गर्दैगर्दा राष्ट्रिय महत्वका योजना र अन्य योजनाहरु वितरणमा पक्षपात भएको र सरकारमा रहेका मन्त्रीहरुलाई मात्रै बढी सुविधाजनक योजना र बजेट समावेश गरिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।

प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै विषयगत मन्त्रीहरु

आजको बैठकमा प्रदेश सरकारको ५ जना मन्त्रीहरुले विनियोजन विधेयकको विषयमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले भने हिजो विहिबारको बैठकमा नै जवाफ दिएका थिए ।

मुख्यमन्त्री, पौडेल –

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडासंग जोड्ने १० जिल्लामा  पुष्पलाल चक्रपथ सडक निर्माणको काम आगामी २ बर्षभित्र सम्पन्न गर्ने बताएका छन् ।

बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु र बिपन्न कृषकसमेत गरी ३० हजार नागरिकलाई कृषि क्षेत्रमा र लघु उद्यमका क्षेत्रमा रोगगार बनाउने पौडेलले बताए ।

उनले हेटौँडा अस्पताललाई ३ सय शैयाको व्यवस्थित अस्पतालको रुपमा स्तरउन्नती गरी स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गरिने बताए । त्यसैगरी भक्तपुर, सिन्धुली र नुवाकोटमा एक सय शैयाको अस्पताल निर्माण गरीने, धादिङ र काँभ्रेमा थप ५०/५० शैयाको अस्पताल विस्तार गरिने र कोरोनाबाट संक्रमित विरामीहरुको उपचारलाई थप प्रभावकारी बनाइने जानकारी दिए ।

उद्योग व्यापार  र शीपमुलक कार्यक्रम, मझौला घरेलु उद्योग एवम् कृषि उत्पादन गर्ने उद्यमीहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन १३ वटै जिल्लामा बित्तिय संस्थामार्फत् वितरण प्रणालीलाई सहज तुल्याउन प्रदेश सरकारले रु एक अर्ब रकम विनियोजन गरेको बताए ।

उनले  विपन्न नागरिक र महिलाहरुलाई हुने पाठेघर, क्यान्सर र मृगौला पीडितहरुलाई प्रदेश सरकारले प्रत्येक जिल्लामा सुविधायुक्त अस्पताल स्थापना गर्ने र उपचार सेवा दिनुको साथै उनीहरुलाई औषधि उपचारको लागि क्रमश प्रदेश सरकारले अनुदान बापत् रु ५०/५० हजार रकम उपलब्ध गराउने बताए ।

राष्ट्रको अर्थतन्त्रलाई प्रभावकारी तुल्याउने बहुउदेश्यीय हेटौँडा–काठमाडौँ जोड्ने पोष्टबहादुर बोगटी, भीमफेदी कुलेखानी सुरुङ्मार्गको निर्माणमा संघीय सरकारसंग पनि सहकार्य गरेर आगामी ४ बर्षभित्र निर्माण सम्पन्न गर्नेतर्फ सरकार लक्षित रहेको र आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले सुरुङ्मार्ग निर्माणको लागि रु एक अर्ब विनियोजित गरेको पनि जानकारी दिए ।

अर्थमन्त्री , ढुंगेल –

विनियोजित विधेयकको विभिन्न शीर्षको छलफलमा उठेका विभिन्न मन्त्रालयको तर्फमा क्रमश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेशको १३ वटै जिल्लामा जिल्ला समन्वय समितिको सिफारीस र प्रदेश सभाको सदस्यहरुको सिफारीस र माग बमोजिम जनतासंग सम्बन्धित विकासको पूर्वाधार र आर्थिक सम्बृद्धि गर्ने र कृषि, पर्यटन, उद्योग बिस्तार, स्वास्थ्य, शिक्षा, खानेपानी र भौतिक पूर्वाधार विकासको योजनाहरुको लागि सम्मानजनक योजना र बजेटको बाँडफाँड गरिएको र थप सुझाव अनुसार योजनालाई नयाँ बजेट तर्जूमा गरिने विश्वास व्यक्त गरे ।

कानूनमन्त्री, जम्कट्टेल –

 

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा प्रहरीको संरचना तयार भई नसकेको हुँदा मौजूदा प्रहरी संरचना संघीय सरकारको गृह मन्त्रालय मातहत रहेको उल्लेख गर्दै प्रदेशको १० जिल्लामा प्रहरी संगठनलाई दरिलोका साथ कार्यसम्पादन गर्न ४७ वटा प्रहरीको भवन बनाउने लक्ष्यका साथ सरकारले ५५ करोड बजेट विनियोजित गरिएको बताए ।

मन्त्री जम्कट्टेलले प्रदेशका जनताहरुलाई शान्ति सुरक्षा प्रदान गर्न मानव अधिकार सम्बर्धन गर्ने र दैविक विपदलाई तत्काल उद्दार गर्ने कार्यको लागि सरकारले बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

कृषिमन्त्री, लामा –

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रलाई उत्पादनशील बनाउन कृषकहरुलाई यान्त्रीक उपकरणहरु सहुलियतमा मुल्यमा उपलब्ध गराउने सरकारको नीति रहेको उल्लेख गर्दै प्रदेशमा पशुपालनको माध्ययमबाट दूध उत्पादनलाई बृद्धि गर्न प्रदेश सरकारले चिनियाँ सरकारमार्फत् गाईको बाच्छी खरिद गरी ल्याएर विपन्न कृषकहरुलाई वितरण गर्ने लक्ष्य रहेको बताए ।

उनले अहिले कृषि क्षेत्रलाई सलह किराको आक्रमणले प्रभावित तुल्याएकोमा चिन्ता व्यक्त गर्दै सलह नियन्त्रणको लागि प्रत्येक कृषक परिवारलाई एक केजी सलह बरामद गरी ल्याएमा प्रदेश सरकारको तर्फबाट सम्बन्धित निकायमार्फत् रु ३० रुपैँया अनुदान उपलब्ध गराउने पनि जानकारी दिए ।

उद्योगमन्त्री, नेपाल –

त्यसैगरी उद्योग पर्यटन वन तथा वातारवरण मन्त्री अरुण कुमार नेपालले प्रदेशको १३ वटै जिल्लामा पर्यटन, उद्योग विस्तार, बृक्षरोपण र जडिबुटी खेती गर्नेतर्फ गुरुयोजना तर्जमा गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी पर्यटन क्षेत्रलाई समयानुकुल सुधार गरी भारतीय पर्यटकहरुलाई बढीसे बढी भित्राउन प्रदेशको १० जिल्लामा ८ वटा हिल स्टेशन र ६४ वटा ज्योतिर्लिङ्ग स्थापना गर्ने र चितवनमा जंगल सफारी क्याम्पको स्थापना गरी बेरोजगार युवाहरुलाई रोजगारीतर्फ उन्मुख गराउने सरकारले बजेट विनियोजित गरेको औँल्याए ।

उनले बनलाई जनसहभागिता मार्फत जडिबुटी खेती र सिस्नु खेतीतर्फ प्रेरित गर्न अभिमुखी कार्यक्रम संचालन गर्ने र उत्पादिन जडिबुडी र सिस्नु बजार व्यवस्थापनको लागि सरकारले शीत भण्डारको स्थापना गर्ने बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले असार १ गते बागमती प्रदेश सरकारको तर्फबाट आगामी आव ०७७/७८ को लागि  रु ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको अनुमानित बजेट सार्वजनिक  गरेका थिए ।

उक्त बजेटमध्ये पुँजीगततर्फ रु २५ अर्ब  १४ करोड १ लाख ५९ हजार र चालुतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार विनियोजन गरिएको थियो ।

प्रदेश सभामा सत्तारुढ दल नेकपाको ८०, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा सयुक्तको २ र १ स्वतन्त्र गरी कूल १ सय १० जना प्रदेशसभा सदस्यहरु छन् ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।

 

 

 

 

 

 



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*