कैलाश गाउँपालिकाको आगामी आवको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित

बलराम पुडासैनी
२०७७ असार १६,मंगलवार १३:४६

मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैँयाको विनियोजित बजेट पारित गरेको छ ।

गाउँपालिकाको असार १० गते बसेको छैठौँ गाउँसभाबाट प्रस्तुत भइ आएको अनुमानित वार्षिक बजेट र नीति तथा कार्यक्रम हिजो सोमबार गाउँसभाको बैठकले सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिएका छन् ।

आगामी आवको लागि संघीय सरकारबाट कूल २३ करोड ५९ लाख रुपैँया विनियोजित भइ आएको उनको भनाई छ । जसमध्ये समानिकरण अनुदानतर्फ ९ करोड ३६ लाख, सर्शत अनुदानतर्फ १४ करोड २३ लाख र बैदेशिक स्रोतबाट २ करोड १५ लाख रुपैँया अनुदान प्राप्त हुने अनुमानित विवरण सार्वजनिक गरिएको छ ।

त्यसैगरी बागमती प्रदेश सरकारबाट समानिकरण अनुदानतर्फ ९९ लाख ९० हजार, शसर्त अनुदानतर्फ २ करोड २० लाख ६९ हजार, २ करोड ४९ लाख ३५ हजार विनियोजित भइ आएको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ३७ लाख ८० हजार र संघीय सरकारको राजश्व बाँडफाँडबाट ८ करोड ३० लाख ८५ हजार ७ सय ४० रुपैँया प्राप्त हुने अपेक्षा गरिएको छ ।

आन्तरिक स्रोतबाट २ करोड ६० लाख प्राप्त हुने अपेक्षा गरीएको जनाइएको छ ।

गाउँपालिकाले चालु खर्चतर्फ २४ करोड १ लाख ६९ हजार अर्थात ५४.९२ प्रतिशत र पुँजीगत खर्चतर्फ १९ करोड ७० लाख ९० हजार ७ सय ४० अर्थात ४५.०७ प्रतिशत विनियोजन गरेको छ ।

कुन क्षेत्रमा कति बजेट ?

सामाजिक विकास अन्तरगतको शिक्षा एवम् संस्कृतितर्फ १७ लाख १७ हजार ६ सय ९१, स्वास्थ्य तथा पोषणतर्फ ३० लाख ५ हजार ९ सय ६०, लैगीक समानता तथा सामाजिक समावेशीकरणतर्फ ८ लाख ८५ हजार ८ सय ४५, युवा तथा खेलकुद विकासतर्फ ८ लाख ५८ हजार ८ सय ४५ रुपैँया विनियोजन गरिएको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइतर्फ १७ लाख १७ हजार ९ सय ६१, संस्कृति प्रवर्धनतर्फ ८५ लाख ८८ हजार ४ सय ५९ , सडक तथा झोलुङ्गे पुलतर्फ २ करोड ९५ लाख २२ हजार, भवन तथा शहरी विकासतर्फ ३४ लाख १९ हजार, विद्युतका लागि १६ लाख १० हजार, विज्ञान सूचना तथा संचार प्रविधितर्फ १६ लाख १० हजार र सिंचाईतर्फ ७५ लाख १४ हजार बजेट विनियोजन भएको छ ।

गाउँपालिकाद्वारा आर्थिक विकास अन्तरगत कृषि क्षेत्रमा १ करोड ३० लाख, पशुपंक्षीतर्फ ४२ लाख ९४ हजार, घरेलु तथा लघु उद्योगतर्फ ३२ लाख २० हजार , हाट बजार तथा व्यापार मेला प्रदर्शनतर्फ ४ लाख २९ हजार, सहकारी विकास तथा प्रवर्धनतर्फ ८ लाख ५८ हजार, पर्यटन विकास तथा प्रवर्धनतर्फ २१ लाख ४७ हजार र लघुवित्त व्यवस्थापनतर्फ २ करोड १४ लाख ७१ हजार बजेट विनियोजन गरिएको छ ।

बन तथा भू– संरक्षणतर्फ ६ लाख ४४ हजार, जलाधार संरक्षणतर्फ ४ लाख ८३ हजार, खनिज तथा जडिबुटी अन्वेषणतर्फ ४ लाख ८३ हजार, वातावरण संरक्षणतर्फ ३ लाख २२ हजार, जलवायु परिवर्तन अनुकुल तालिममा २ लाख २२ हजार, फोहोरमैला व्यवस्थापन तथा ढल निकास १४ लाख ४९ हजार, जलउत्पन्न प्रकोप नियन्त्रणमा ५९ लाख १४ हजार र विपद व्यवस्थापनमा १ करोड ६१ लाख विनियोजन भएको छ ।

संस्थागत विकास सेवा प्रवाह र शुसासन अन्तरगत सार्वजनिक सेवामा ३ लाख ७५ हजार, सुरक्षा व्यवस्थापनमा ३ लाख ७५ हजार, सूचना प्रविधिमा २२ लाख ५४ हजार, पञ्जिकरण व्यवस्थापनमा ५६ लाख ३६ हजार र सेवा प्रवाह तथा सुशासनसहितका योजनाको लागि ७५ लाख १४ हजार विनियोजन गरिएको गाउँपालिकाको अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

नीति तथा कार्यक्रम

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम समेत पारित गरेको छ । नीति तथा कार्यक्रममा सडक तथा पूर्वाधार, विद्युत तथा उर्जा, गुणस्तरीय शिक्षा स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ । त्यसैगरी कृषिमा आधुनिकिकरण, यान्त्रिकिकरण, औद्योगिक क्षेत्र, बन तथा वातावरण, साँस्कृतिक तथा प्राकृतिक पर्यटन प्रर्वधन, संस्थागत विकास कुसल सेवा प्रवाह र सुशासन पनि प्राथमिकतामा परेका छन् ।

नीति तथा कार्यक्रमले आर्थिक र सामाजिक असमानता अन्त्य गर्दै गरिबी न्यूनिकरण गर्ने, कृषि क्षेत्रको विविधिकरण, व्यवसायीकरण र आधुनिकरण गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी शिक्षा स्वास्थ्यको विकासमार्फत सामाजिक विकास गर्ने, भौतिक एवम् सामाजिक पूर्वाधारमार्फत् सामाजिक विकास कायम गर्ने, जनमुखी प्रशासन र भ्रष्टाचार नियन्त्रण तथा शुसासन प्रवर्धन गर्ने र गाउँबासीको आधारभुत आवश्यकता परिपूर्ति गर्दै मानव विकासमा जोड दिइने जनाइएको छ ।

असार १० गते सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमाथि लगातार ५ दिनसम्म छलफल गरी हिजो सोमबार सर्वसम्मत पारित गरिएको अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु प्रभावकारी ढंगले गरिने उनको भनाई छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*