जापानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव

एजेन्सी
२०७७ असार १५,सोमबार ०८:०७

जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो ।

स्मरणरहोस्ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी ७ शिखर सम्मेलनमा भारत लगायत रुस, अष्ट्रेलिया र दक्षिण कोरियालाई पनि समावेश गर्न प्रस्ताव अघि सारेका थिए । उनले जी ७ लाई पुरानो करार दिएर यो विश्व्यापी परिदृष्यसँग मिल्ने प्रसंग भएको बताएका थिए ।

अमेरिका, बेलायत, जापान, क्यानडा, जर्मनी, फ्रान्स र इटाली पहिले देखिनै विश्वका सात प्रमुख अर्थव्यवस्थाको समूहमा सामेल छन् । एसियाबाट जापानको मात्र प्रतिनिधित्व रहेको छ । न्युज एजेन्सीका अनुसार एसियाबाट पाएको यो विशेष दर्जालाई जापान गुमाउन चाहाँदैन । यो वर्षको जी ७ शिखर सम्मेलन यसै महिनामा आयोजना गर्ने तय भएपनि कोरोना महामारीका कारण सेप्टेम्बरमा सारिएको छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*