कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लागेको वैज्ञानिकहरूको दाबी

तु खबर संवाददाता
२०७७ असार ३,बुधबार १४:२५

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्।

बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ।

यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले यससम्बन्धी अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई ‘डेक्सामिथासोन स्टेरोयड’ दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो।

यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। धेरै सिकिस्त नभएका बिरामीमा भने असर नदेखिएको उनीहरूले जानकारी दिए।

‘यो अत्यन्त स्वागतयोग्य परिणाम हो,’ अक्सफोर्ड युनिभर्सिटीका एक अध्ययनकर्ता पिटर हर्बीलाई उद्धृत गर्दै बिबिसी लेख्छ, ‘अक्सिजन लिनुपर्ने बिरामीहरूले यसबाट लाभ लिएर बाँच्न सक्छन्। त्यसैले यो स्टेरोयड बिरामीको हेरचाहको मानक बन्न सक्छ।’

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्टिन ल्यान्ड्रेका अनुसार यो औषधिले भेन्टिलेटरमा उपचार गर्नुपर्ने आठ बिरामीमध्ये एक र अक्सिजन दिनुपर्ने २५ मध्ये एकको मृत्यु कम गरेको पाइएको छ। ‘यो उत्साहजनक नतिजा हो,’ उनले भने।

यो स्टेरोयड सस्तो र जहाँ पनि बनाउन सकिन्छ। विश्वभरि नै प्रयोगमा ल्याउन सकिने बताइएको छ।

यसले अहिलेलाई अक्सिजन वा भेन्टिलेटरमा रहेका बिरामीमा मात्र काम गरेको पाइए पनि धेरैको ज्यान जोगाउन सकिने अन्य औषधि पत्ता लगाउन मद्दत गर्ने बेलायती च्यारिटीका निक क्यामकले बताए।

कोरोना भाइरस लाग्दा कतिपय बिरामीमा रोग प्रतिरक्षा प्रणालीले धेरै आक्रमण गरेर शरीर सुन्निन सक्छ। यसलाई साइटोकिन स्टोर्मु भनिन्छ। यो स्टेरोयडले सुन्निन कम गर्छ।

चिकित्सकहरूले पहिल्यैदेखि कोरोना भाइरसका कारण सिकिस्त बिरामीमा स्टेरोयड प्रयोग गर्दै आएका थिए। विश्व स्वास्थ्य संगठनले भने सुरूमा यो स्टेरोयडले भाइरसलाई शरीरबाट निकाल्न ढिलाइ गर्ने भएकाले प्रयोग नगर्न सुझाव दिएको थियो।

सेतोपाटीबाट साभार



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*