कोरोना प्रभावित क्षेत्रका ऋणिले ब्याजदरमा २ प्रतिशत छुट पाउने
काठमाडौं । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणिहरुको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रका ऋणिहरुको ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले चैत मसान्तसम्मको कायम ब्याजदरमा बैशाख, जेठ र असारको ब्याजमा २ प्रतिशत छुट दिन निदेशन दिएको हो ।
बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित नै भएको हुनुपर्नेछ ।
खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले भने यो सुविधा पाउने छैन् ।