माइकल रामचन्द्र अर्यालको स्मरणमा : २०३६ साल वैशाख १४ गतेको त्यो दिन

तु खबर संवाददाता
२०७७ बैशाख १४,आईतवार १०:५१

मकवानपुर । माइकल रामचन्द्र अर्याल, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् माइकल । उनको जीवन संघर्षमय छ । झन् आजको दिन त उनको जीवनको शायद सबैभन्दा महत्वपूर्ण दिन हो भन्दा अन्यथा नहोला ।

२०३६ साल वैशाख १४ गते अर्थात् आजकै दिन – मुलुकमा पञ्चायती व्यवस्था थियो । तत्कालिन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो, मारमा थियो । नेपाल विद्यार्थी संघले तत्कालिन निरंकुश व्यवस्थाका विरुद्धमा आन्दोलन घोषणा गर्यो । आन्दोलनले चर्को रुप लिँदै थियो । त्यसताका रामचन्द्र अर्याल कक्षा– ९ मा भुटनदेवि स्कूलमा अध्ययनरत थिए । १३/१४ वर्षको त्यो उमेरमा पनि विद्यार्थीहरुलाई उनी नेतृत्व गर्दथे ।

तु खबरले आज उनको विशेष दिनबारे उनीसँग विगत खोतल्ने प्रयास गर्यो । कसरी सम्झन्छन् होला अर्याल आजको दिनलाई ?

आन्दोलन सुरु भयो भुटनदेवि स्कूलबाट । हेटौंडाका अन्य विद्यालय पनि बन्द गराउन विद्यार्थीहरु लागिरहेका थिए । विद्यार्थी आन्दोलनलाई समर्थन गराउन हेटौंडा औद्योगिक क्षेत्र बन्द गराउने योजना थियो, रामचन्द्र अर्यालसहितका विद्यार्थीहरुको । भुटनदेवि स्कूलबाट औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु बन्द गराउन अर्यालहरु कर्रा हुँदै त्यसतर्फ जादै थिए । कर्रा पुलमा प्रहरीहरु आन्दोलन नियन्त्रणका लागि बसिरहेका थिए । जम्काभेट हुनासाथ प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भयो । प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्न थाल्यो, ती दिनलाई उनले सम्झिए ।

विद्यार्थीहरुले प्रहरीलाई ताकेर ढुंगामुढा प्रहार गर्न थाले । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले हानेको गोली रामचन्द्र अर्यालको दाहिने खुट्टामा लाग्यो । उनी ढले र बिहोस् भए ।

विद्यार्थीहरुले उनलाई उठाएर उपचार गर्न अस्पताल लगे । हेटौंडामा उपचार हुन नसकेपछि अर्याललाई काठमाडौँ पठाइयो । ३ महिना लामो उपचारपछि उनी निको भए । तर, पहिलेको जस्तो हिँडाई भएन । गोडा खोच्याएर हिँड्न थाले । आजका दिनसम्म पनि उनी उसैगरी हिड्छन् । हो, त्यही दिनदेखि रामचन्द्र अर्यालबाट उनी माइकल रामचन्द्र अर्याल भए ।

यो घटनाले उनको जीवनले नयाँ मोड लियो । २०३६ सालमा जनकपुरमा भएको महाधिवेशनमा उनी सहभागी भए । कार्यक्रमका प्रमुख अतिथि थिए, विश्वेश्वरप्रसाद
कोइराला । माइकलले त्यहाँ विश्वेश्वरप्रसाद कोइरालालाई भेटे । आफ्नो परिचय राखे । र, गोली काण्डबारे पनि सबै कथा सुनाए ।

२०३८ सालमा उनी नेविसंघ मकवानपुरको सचिव भए । २०४६ मा अध्यक्ष भएर काम गरे । त्यतिबेलाको आन्दोलनमा पनि उनले नेतृत्व गर्ने अवसर पाए । आन्दोलन संचालनका लागि ६ जनाको टोली बनाइएको थियो । नेपाली काँग्रेसका ३ जना थिए त्यो टोलीमा । त्यसमध्ये एक थिए माइकल ।

उनीबेलाको सत्ताले आफ्नो विरुद्ध भएकाहरुलाई झुटा मुद्धा लगाउथ्यो । माइकललाई पनि ३ वटा झुटा मुद्धा लगाइयो । विद्यार्थी आन्दोलनका क्रममा एक जना प्रहरीको ज्यान गएको थियो, माइकललाई सोही प्रहरीको हत्या अभियोग लगाइयो । जसमा २० वर्षको जेल सजाय हुन्थ्यो । राज्य विरुद्ध अपराध गरेको अभियोग पनि लगाइयो ।

जसमा ३३ वर्ष सजाय हुन्थ्यो, त्यो मुद्धा पनि माइकल माथि लाग्यो । सरकारी सवारीसाधन तोडफोड गरेको अर्को अभियोग पनि थप भयो, जून अभियोगमा ३ बर्ष सजाय हुने प्रावधान थियो । कूल मिलाएर ५६ वर्ष जेल पठाउने तयारी साथ उनीमाथि झुटा मुद्धाहरु लागे । तर, कृष्ण प्रसाद भट्टराईको नेतृत्वको अन्तरिम सरकारले उनीमाथि लागेको सबै झुटा मुद्धाहरु फिर्ता लियो ।

माइकलले २०४७ मा नेपाल ट्रेड युनियनको क्षेत्र नम्वर १ को संस्थापक सभापति भएर काम गरे । २०४८ सालको निर्वाचन परिचालन समितिको संयोजक भए र उनले २०५१ र ५६ को निर्वाचनमा सांसदको टिकट पाए  तर चुनाव जित्न भने सकेनन् ।

त्यसैगरी, उनले २०५६ सालमै सकुम्बासी समस्या समाधान आयोगको मकवानपुर अध्यक्ष भएर काम गरे ।

पार्टीको विश्वास जित्दै जनताको पक्षमा काम गरेका माइकल २०५७ मा मकवानपुर पार्टी सभापति भए । पार्टी सभापतिको रुपमा उनले २०६७ सम्म काम गरे । यो बीचमा २०६२/०६३ को जनआन्दोलन भयो । जनआन्दोलनमा माइकलको भूमिका मूख्य थियो । उनी सबै राजनीतिक दलसँग असाध्यै राम्रो समन्वय गर्दथे । माइकलजीले भनेपछि भै गो भन्थे अन्य राजनीतिक दलका नेताहरु पनि ।

२०६२/०६३ को जनआन्दोलनपछि २०६४ को निर्वाचनमा पनि उनी उम्मेदवार भए तर उनले तेस्रो पटक पनि हार व्यहोर्नु पर्यो । लगत्तै २०६५ मा उनी सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पुगे । २०६७ यता माइकल रामचन्द्र अर्याल नेपाली काँग्रेसको प्रमुख सल्लाहकारको रुपमा पार्टी राजनीतिमा क्रियाशील छन् ।

त्यसपछि २०६७ साल माघ २० गते मकवानपुर बहुमूखी क्याम्पसको निर्वाचनमा उनले बागमती प्रदेशका हालका मुख्यमन्त्री डोरमणि पौडेललाई अध्यक्षमा २ मतले पराजीत गरे । सोही दिन प्रधानमन्त्रीको निर्वाचन पनि भएको थियो । झलनाथ खनाल र रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने दौडमा थिए । काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल पराजय भए, यता रामचन्द्र विजयी भए ।

मकवानपुरको राजनीतिमा माइकल रामचन्द्र अर्यालको भूमिका आजसम्म पनि धेरैले सम्झन्छन् ।

तु खबरले अघिल्लो वार्षिक उत्सवका अवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हातबाट उनलाई राजनीतिमा जीवनभर क्रियाशील भई सामाजिक काम गरेको भन्दै सम्मान पनि गरेको थियो ।

नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकारको रुपमा अहिलेसम्म पनि माइकल क्रियाशील छन् । चार दशक राजनीतिमा क्रियाशील जीवन विताएका उनी मकवानपुरका सबै राजनीतिक दलसँग समन्वय गर्न सक्ने खुबी भएका नेताका रुपमा परिचित छन् ।

चार जना दाजुभाइमध्ये कान्छा माइकल अहिलेसम्म पनि अविवाहित छन् ।

 



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*