मुना हत्या प्रकरणः कामदार विजयको मोबाइलमा यस्तो भेटियो

काठमाडौं, १० फागुन । ललितपुर सानेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।
सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो। मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो।
त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ। तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।
‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भन्नु भयो, रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’
उहाँले विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताउनु भयो। रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने एसएसपी राईको भनाइ छ।
विजयको मोबाइलमा यस्तो भेटियो
विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईले बताउनु भयो।
‘अश्लील खालका, गम्भीर प्रकृतिका र हिंसा गर्न सघाउ पुर्याउने खालका केही पनि सामग्री मोबाइलमा देखिँदैन,’ राईले भन्नु भयो ।
उहाँले मोबाइलबाट डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको बताउनु भयो। मोबाइलमा रहेका अन्य सामग्रीको अध्ययन भइरहेको नेपाल खबरमा समाचार छ ।
यो पनि पढ्नुहोस् ।
- यस्तो रहेछ मुना कार्कीको हत्यामा लुकेका भित्रि रहस्य
- मोबाइलले खोल्ला त मुना कार्कीको हत्या रहस्य ?
- मुनाको मृत्युः सिसिटिभीमा कैद भएको त्यो प्रतिविम्बित दृष्य…
- मुना हत्या प्रकरणः चौधरीको ‘अण्डरवेयर’ मा विर्य र रगत, १३ मिनेटसम्म के गरे ?
- मुना हत्याको नयाँ तथ्य सार्वजनिक गर्दै प्रहरी, हत्या सहजै ‘अपत्यारिलो’
- मुना कार्की हत्याः प्रहरी छानबिनको सुई तेस्रो पक्षतिर