खुुकुरी प्रहार गरी घाईते बनाएको आरोपमा लिम्बु पक्राउ
काठमाडौं, २८ असोज । काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीबाट बाटोमा हिडिरहेका एक व्यक्तिलाई खुकुरी प्रहर गरी घाईते बनाएको अभियोगले प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विक्रम लिम्बु रहेका छन् । उनलाई प्रहरीले मंगलबार (आज) पक्राउ गरेको हो ।
फुलपातीका दिन काठमाडौंको जयवागेश्वरीमा सडकमा हिँडिरहेका नरेश देउजालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार, पक्राउ परेका लिम्बुले व्यक्तिगत रिसइवी साँध्न खुकुरी प्रहार गरेको भन्ने बयान दिएको जानकारी दिए ।
घाइते देउजाको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जम उपचार भैरहेको छ ।