अध्यक्ष हिदम लामाले लगाइदिए टिका र जमरा
मकवानपुर । भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले यसपालिको दशै भिमफेदी बाल गृहमा रहेका वालवालिकासङग मनाएका छन् । सो वाल गृहमा आश्रय लिइरहेका २८ वालवालिकालाई टिका र जमरा लगाइदिएर दशै मनाएका हुन् ।
अध्यक्ष लामाले वालवालिकाहरुको लागी मासु र चिउरा समेत उपलब्ध गराएका छन् । आज आयोजित एक समारोहमा लामाले वालवालिकाहरुलाई टिका र जमरा लगाएर दसैंको शुभकामना समेत दिएका हुन् ।