मकवानपुरबाट लागूपदार्थ ओसारपसारमा संलग्नता ६०६ जना पक्राउ
हेटौंडा, ५ असोज । मकवानपुर जिल्लामा ३ वर्षको अवधिमा लागूपदार्थ ओसारपसारमा संलग्न ६०६ जना अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार ३ वर्षको अवधिमा मकवानपुरबाट ६०६ जना अभियुक्त पक्राउ परेको हो । जसमध्ये सबैभन्दा धेरै २० देखी २५ वर्ष उमेर समुहका रहेका छन् ।
आर्थिक वर्ष २०७३–७४ मा ४६ जना, ०७४–७५ मा ७१ जना र चालु आर्थिक वर्ष ०७५–७६ मा १८ जना गरी १३५ जना सो समुहको मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै ३० देखी ३५ वर्ष उमेर समुहका ११६ जना पक्राउ परेका छन् । जसमा आर्थिक वर्ष ०७३–७४ मा २९ जना , आव ०७४–७५ मा ४४ जना र चालु आव ०७५–७६ मा ४३ जना अभियुक्त पक्राउ परेका छन् ।
पछिल्लो समय लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवाहरुको संङख्या बढिरहेको बेलामा लागुपदार्थ ओसारपसारमा पनि युवा समुहकै बढि संलग्नता रहेको पाईएको छ ।