गौतम समाज प्रदेश ३ को आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मकवानपुर, ५ असोज । गौतम समाज ३ नम्वर प्रदेशको आयोजना तथा गौतम समाज मकवानपुरको सह–आयोजनामा २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रम हिमाल मुटु नेपाल तथा सिद्धस्थली ग्रामिण सामुदायिक अस्पताल र हेटौडा ६ नं वडा कार्यलयको सहकार्यमा सम्पन्न भएको हो ।
‘स्वस्थ्य नै व्यक्तिको पहिलो धन हो’ भन्ने नारालाई सार्थक तुल्याउन समाजले स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको समाजका केन्द्रीय सदस्य एवम् मकवानपुर सचिव अभिमन्यू गौतमले जानकारी दिए ।
पहिलो र दोस्रो दिन बंशगोपाल मावि हेटौडामा सञ्चालित शिविरबाट ३५० जनाले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका हुन् ।
शिविर समाजका अध्यक्ष राजु गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।
हेटौँडा–६ का वडा अध्यक्ष अर्जुन चौलागाईको विशेष आतिथ्यतामा सम्पन्न भएको शिविरमा डा. स्वास्थ्यकर्मीहरु यम प्रसाद गौतम, उत्सव चौलागाई्लगायतकाको उपस्थिति रहेको थियो ।