वर्षासँगै आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता
म्याग्दी, ५ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् ।
अविरल बर्षासँगै कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय बगरपाँटीकी पार्वती परियारकी ९ वर्षीया छोरी प्रबिना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार बेपत्ता भएका हुन् ।
बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गएरातिको समयमा कोटखोलामा बाढी आएपछि भाग्न खोज्द दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।