प्रभावकारी बनाइँदै स्थानीय तहको अनुगमन

२०७६ श्रावण ३०,बिहीबार ०९:०८

मकवानपुर, ३० साउन । जिल्ला समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्षमा मकवानपुरका १० वटै स्थानीय तहको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ ।

पालिकाहरुद्धारा सम्पादित कार्यहरुको स्थालगत अनुगमनलाई प्रभावकारी बनाउनुका साथै नदिजन्य पदार्थहरुको अनुगमन कार्यहरुलाई पनि अझ व्यवस्थित र कडाईका साथ नियमन कार्यलाई अघि बढाईने तयारी गरिएको हो ।

स्थानीय तहले गरेका काम, नदिजन्य पदार्थको उत्खनन् लगायतका बिषयमा अझै प्रभावकारी अनुगमन गरिने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

खेलकुदले मानिसलाई मनोरञ्जन दिने, स्वास्थ्य बनाउनेर र अनुशासित पनि बनाउने भएको हुंदा सवैको सहयोगमा अन्तरजिल्ला स्थानीय तह खेलकुद प्रतियोगिता आयोजना गरी खेल क्षेत्रको सर्वाड्ढिण विकासमा सहयोग पु¥याउने योजना बनाइएको छ ।

जिल्ला समन्वय समितिले गरेका गतिविधि, स्थानीय तहहरुद्धारा सम्पादिन कार्यहरु र सूचना÷तथ्याड्ढ तथा अभिलेखलाई एककीकृत गरी मकवानपुर नामक पुस्तक प्रकाशनलाई निरन्तरता दिईने उनले बताए ।

जिल्ला समन्वय समितिको मौज्दात कोष संचालन निर्देशिकाले तोके अनुसार आगामी बर्षहरुमा पनि स्थानीय तहहरुसंगको लागत साझेदारीमा कार्यक्रम संचालन गर्ने कार्यलाई निरन्तरता दिईने योजना बनाइएको छ ।

समन्वय, सूचना, विषयवस्तु आदन प्रदान जस्ता विषयहरुमा आपसी छलफल गरी निर्णयमा पुग्न सहज हुने र सद्भाव र सहकार्यको संस्कार विकास गर्न मद्दत पुग्ने हुंदा प्रत्येक महिनाको २५ गते आयोजना गरिने स्थानीय तह समन्वय बैठकलाई निरन्तरता दिईने प्रमुख खुलालले बताए ।

स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकासका लागि स्थानीय तहसंग समन्वय गरी आवश्यकताको सिद्धान्तमा आधारि विभिन्न तालिम, प्रशिक्षण, अनुशिक्षण तथा अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु संचालन गरिने तयारी पनि गरिएको छ । आजको हेटौंडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*