हेटौँडा अस्पतालको चरम लापरबाही, प्याड भित्रै राखेर सिलाइयो सुत्केरीको शरीर

२०७६ श्रावण ३०,बिहीबार ०८:४२
file photo

मकवानपुर, ३० साउन । डाक्टरहरुले कहिलेकाँही कतिसम्मको लापरबाही गर्छ भन्ने कुराको विभिन्न उदाहरण देख्न र सुन्न पाईन्छ । यस्तै एक घटना  मकवानपुरको ठूलो र एक मात्र सहकारी अस्पताल हेटौँडा अस्पतालमा भएको छ ।

आईतबार  भीमफेदीकी सोनिका दाहाल सुत्केरी हुन हेटौंडा अस्पताल पुगिन् । अस्पतालमा नर्मल डेलिभरी भएकी उनको सोही दिनमा पिसाब बन्द हुने समस्या भयो । अस्पतालको डाक्टरसँग सल्लाह गर्दा सामान्य रहेको भनियो । भोलिपल्टबाट थप समस्या भएपछि उनको पुनः डाक्टरहरुले पिसाब खुल्ने औषधी र पाईप प्रयोग गरी पिसाब निकाले ।

डाक्टरसँग पटक–पटक पिसाब नखुलेको भन्दै आफुले भन्दासमेत उल्टै गाली गर्ने शैलिबाट कुरा गरेको दाहालले बताईन् । दाहालले बुधबार एक्कासी पिसाब गर्न खोज्दा प्याड झरेपछि उनको आफन्तहरु आश्चर्यमा परे । त्यसपछि उनीहरुले पिसाब खलुल्नुको रहस्य थाहा पाए ।

प्याड भित्र राखेर सिलाएपछि समस्या भएको थाहा पाएपछि आफुहरुले डाक्टरसाई भन्दा डाक्टरले आफुहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको उनका आमा गोपी दाहालले बताईन् ।

डाक्टरहरुले चरम लापरबाही गरेर सुत्केरीलाई अनेकौं औषधि प्रयोग गराएको भन्दै सुत्केरीका आफन्तले अस्पतालको प्रशासनको विरोध गरेको आजको हेटौंडा सन्देश राष्ट्रिय दैनिकमा समाचार छ ।

हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजु सेढाईले आफुलाई उक्त घटनाबारे जानकारी आएको भन्दै दोषीलाई कारबाहीको दायरा ल्याउने बताए । उनले अस्पतालको अल्तीलाई आफुहरुले पुनः हुन नदिने प्रकृयामा लाग्ने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*