पत्रकार सालिकरामकाे आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गर्ने

२०७६ श्रावण २९,बुधबार १९:५४

काठमाडौँ २९ साउन । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् ।

उनीहरुकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ । नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए । न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

पत्रकार पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको बताए ।‘हामीले भिडियोबारे घटना भएदेखि नै अनुसन्धान गरिरहेका छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने । यो भिडियोसँगै अब न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

दैनिकीको सहयोगमा

यो पनि हेर्नुहोस्

आत्महत्या अघिको भिडियो सार्वजनिक, ‘रवि दाई दुनियाँले तपाईंको असली रूप देख्नेछ’

पत्रकार शालिकाराम पुडासैनीकाे मृत्युकाे निष्पक्ष छानबिन हुनुपर्छः सांसद खतिवडा

रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा

पत्रकार सालिकराम पुडासैनी चितवनस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि ८ मिनेट र ३ मिनेटकाे भिडियोमा यसाे भनेका रहेछन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*