क्यान्सर पीडित बालिका रेणु दमाईलाई नयाँ पाईलाद्वारा आर्थिक सहयोग

२०७६ श्रावण २९,बुधबार १८:२४

मकवानपुर, २९ साउन । समृद्ध नेपालको लागि नयाँ पाइलाले बुधबार हेटौंडामा क्यान्सर पीडित ११ वर्षीया रेणु दमाईलाई आर्थिक सहयोग गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १३ बनस्पतिकी छालाको क्यान्सर पीडित दमाईलाई संस्थाले नगद ५५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो ।

संस्थाकी कोषाध्यक्ष सहनशील ढकालको संयोजकत्वमा गठित रेणु दमाई बचाउ अभियानले विभिन्न विद्यालय, संस्था तथा व्यक्तिहरुबाट संकलित रकम रेणुकी दाई राजन दमाईलाई हस्तान्तरण गरेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत दमाई कक्षा ५ मा अध्ययन्रत छिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बिसु सुनार, उपाध्यक्ष निष्कर्ष लामा, सचिव भुवन घलान, संस्थाका कानुनी सल्लाहकार बाल्कृष्ण अधिकारी, संरक्षक एवम रिपेश दाहाल, समाजसेवी बिकेशलाल श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*