माछा मार्ने जालोमा बेरिएर थापासहित दुई जनाको मृत्यु

२०७६ श्रावण २९,बुधबार १८:०६

चापकोट नगरपालिकामा ५ भएर बग्ने ज्याग्दी खोलामा माछा मार्न गएका दुई जनाको जालोमा बेरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेका छन् ।

मंगलबार माछा मार्न थापेको जालमा बेरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालोमा बेरिएर उनीहरु दुबैको घटनास्थलमै मृत्यु भएको प्हरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*