पूर्वमन्त्री ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ सान सु कीबीच भेटवार्ता

२०७६ श्रावण २९,बुधबार १७:२३

म्यानमार। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सू कीबीच भेटवार्ता भएका छन् ।

ढकाल र म्यानमार सरकारकी कार्यकारी प्रमुख (स्टेट काउन्सिलर ) समेत रहेकी नेतृ सु कीबीच भएको भेटवार्तामा गत मङ्सिर १४ देखि १७ सम्म काठमाडौँमा आयोजित एशिया प्याशिफिक समिटको उपलब्धिको बारेमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेतृ सुकीले म्यान्मारको शान्ति प्रकृयाको बारेमा जानकारी गराउनुका साथै विश्व शान्ति र मानव कल्याणको खातिर सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेकी थिइन् ।

पूर्वमन्त्री ढकाल विश्वका विभिन्न राजनेताहरुसँग निरन्तर भेटघाट तथा सम्बादमा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*