मिडिया काउन्सिल विधेयक तत्काल राष्ट्रिय सभामा छलफलमा लगिने

२०७६ श्रावण २९,बुधबार १६:५७

काठमाडौं, २९ साउन । सरकारले संघीय संसद् सचिवालयमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक तत्काल राष्ट्रिय सभामा छलफलमा लगिने भएको छ ।

नेपाल पत्रकार महासंघले बुधबार राजधानीमा आयोजना गरेको सरोकारवालासँगको छलफलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकलाई आजभोलि नै अघि बढाउँदै आगामी हिउँदे अधिवेशनमै पारित गराउने तयारी गरिएको बताएका हुन् ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पूर्ण प्रेस स्वतन्त्रताविरुद्ध छ भन्दै सञ्चार क्षेत्रबाट विरोध हुन थालेपछि राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराई र महासंघका प्रतिनिधिबीच विधेयक संशोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा सत्तारुढ नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा, प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, सत्तापक्ष नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दल कांग्रेसका प्रमुख सचेतक सरिता प्रसाईं, सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीलगायतको सहभागिता थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*