अफिसमा कर्मचारीको फेसबुक बन्द गर्ने कानून बनाउन प्रस्ताब

२०७६ श्रावण २९,बुधबार १६:२१

काठमाडौं २९ साउन । नेकपाका सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।

सांसद रावलले बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार छलफलका क्रममा बोल्दै सो प्रस्ताव गरेका हुन् ।

उनले कार्यालयको सम्पत्ति, समय र सेवालाई व्यक्तिगत ढंगले प्रयोग गर्ने कर्मचारीलाई कार्वाहीको व्यवस्था गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘कर्मचारीहरु कार्यालयको काम छोडेर फेसबुक चलाएर बसेका हुन्छन् । कोही अधिकृतको तयारी गरेर बसेका हुन्छन् ।

उनले समय समयमा कर्मचारीको सम्पत्ति विवरण अपडेट गर्ने व्यवस्था गर्न पनि माग गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*