ट्रकको ठक्करबाट नेपाली मृत्यु

२०७६ श्रावण २९,बुधबार १५:५२

काठमाडौं २९ साउन । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बुधबार बिहान ना ४ ख १४७९ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको हो ।

बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने नेपाली नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*