श्रीमतीको हत्या गरी श्रीमान् फरार, बाबु पक्राउ

२०७६ श्रावण २९,बुधबार १५:३९

सुनसरी २९ साउन । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले आपप्नै श्रीमतीको हत्या गरेका छन् । घरमा कोही नभएको मौका छोपेर प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेका हुन् ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासीले जनाएको छ ।

श्रीमतीको हत्या गरे पश्चात प्रदीप फरार रहेका छन् । उनको खोजीकार्य हुनुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*