प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ

२०७६ श्रावण २९,बुधबार १५:०७

काठमाडौं २९ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादवलाई पक्राउ गरेको हो ।

बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।

यादवलाई प्रहरीलाई दिन खोजेको १० हजार घुस रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*