मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ : मन्त्री भट्टराई

२०७६ श्रावण २९,बुधबार १४:१३

काठमाडौं २९ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।

मन्त्री भट्टराईलाई आज (बुधबार) मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’, मन्त्री भट्टराईले भने, ‘पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*