वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ

२०७६ श्रावण २९,बुधबार १३:४३

काठमाडौं, २९ साउन । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् ।

उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए । उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति थिए ।

पछिल्लो पटक ०७१ सालदेखि ०७४ सालसम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

त्यस्तै कास्की प्रहरीले उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*