हेटौंडामा डेंगुले महामारीको रूप लिन थालेपछि…

२०७६ श्रावण २९,बुधबार १३:२२

मकवानपुर, २९ साउन । मकवानपुरको हेटौंडामा डेंगुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियान थालिएको छ ।
डेंगु नियन्त्रण अभियानमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत सहभागी भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार, हेटौंडा–४ का ६० जनामा डेंगुको संक्रमण देखिएको छ ।

उपमहानगरपालिकाका अन्य वडामा पनि डेंगुको संक्रमण देखिएको छ । तर, सबैभन्दा बढी संक्रमित वडा नं. ४ का बासिन्दा बनेका छन् ।

केही समयदेखि देशका पूर्वी भागमा डेंगुको संक्रमण देखिएको छ । सुरुमा धरानमा देखिएको संक्रमण समाधान हुनुको साटो देशका अन्य भागमा समेत फैलँदै गएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*