प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

२०७६ श्रावण २९,बुधबार १२:५०

काठमाडौं, २९ साउन । प्रहरीको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।

भ्यानले ठक्कर दिँदा गम्भीर घाईते भएका उनको उपचारको क्रममा आज (बुधबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मृतको शव सनाखत हुन सकेको छैन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*