मकवानपुरमा डेंगुको निः शुल्क परीक्षण गर्ने

२०७६ श्रावण २९,बुधबार १०:२४

मकवानपुर, २९ साउन । मकवानपुर जिल्लामा डेंगु रोगको निःशुल्क परीक्षण गर्ने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार, मकवानपुरमा डेंगु रोगको निः शुल्क परीक्षण गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ३ नम्वर प्रदेश स्वास्थ्य निर्देशनालय, हेटौंडा उपनगरपालिका र जिल्ला स्वास्थ्य अधिकारीको सहभागीतामा सुरक्षा सम्बन्धि बैठक बसेको हो ।

बैठकले डेंगुको परीक्षण गर्न १ हजार शुल्क लाग्ने भएपनि ३ नम्बर स्वास्थ्य निर्देशनालयले परीक्षण किट उपलब्ध गराई निःशुल्क परीक्षण गराउने, परीक्षण भएको १० देखि १२ दिनसम्म पनि डेंगु देखिने भएकोले डेंगु प्रभावित क्षेत्रमा शिविर नै संचालन गरी परीक्षण गर्ने निर्णय गरेको प्रजिअ तामाङले जानकारी दिए ।

त्यस्तै बैठकले डेंगुसम्बन्धि व्यापक सचेतना कार्यक्रम गर्न हरेक विद्यालय, शिक्षक तालिमसभा तथा विभिन्न क्लस्टार निमार्ण गरी प्रहरी, सेनाहरुलाई खटाइने निर्णय पनि गरेको छ ।

किटजन्य अनुसन्धान केन्द्र (भेक्टर) को प्रयोग गरी अहिलेको मौसममा डेंगु लाग्ने कति रहेको छ भनेर जाँच गर्ने जनाईएको छ । मकवानपुर जिल्लामा हालसम्म १ सय २४ जनामा डेंगुको संक्रमण देखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*