हेटौंडामा श्रृजनशील उद्यमी मेला हुने

२०७६ श्रावण २९,बुधबार ०९:४५

मकवानपुर, २९ साउन । हेटौंडामा यही भदौ ५ गतेदेखि श्रृजनशील उद्यमी मेला हुने भएको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघ एवम् महिला श्रृजनशील केन्द्र काठमडौंको आयोजनामा आगामी भदौं ५ गतेदेखि ७ गतेसम्म मेला हुने भएको हो ।

संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी महिलाले गरेको उत्पादनलाई बजारसम्म ल्याउने उद्देश्यले मेला आयोजना गर्नलागेको जानकारी दिइएको हो ।

उक्त मेलामा ५० वटा घरायसी उत्पादनका स्टल रहनेछ । मेलामा २५ देखि ३० हजार सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डेले बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*