युवा अभियानको प्रथम भेला सम्पन्न

२०७६ श्रावण २९,बुधबार ०९:२३

मकवानपुर, २९ साउन । परिवर्तनशील युवा अभियानको हेटौंडामा प्रथम सधारणसभा सम्पन्न भएको छ ।

देशका ४२ जिल्लाका युवाहरु सहभागी रहेको अभियानको प्रथक साधारणसभा मंगलबार सम्पन्न भएको हो ।

अभियानका अध्यक्ष अमृत चिमरियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रधुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका खुलाले आधुनिक सूचना प्रविधिको उपयोग गर्न युवा पुस्ता अग्रसर हुनुपर्ने बताए । उनले युवा पुस्तामा असन्तुष्टिका अभिव्यक्ति धेरै देखिने औंल्याउँदै सकारात्मक धारणा र धैयर्ता जरुरी रहेको बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*